Yug Post

पहाडी भुभागमा चट्याङ तथा बर्षाकाे सम्भावना

पहाडी भुभागमा चट्याङ तथा बर्षाकाे सम्भावना

पहाडी भुभागमा चट्याङ तथा बर्षाकाे सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेशका साथै ओडिसा आसपासमा रहेको चक्रीय परिसंरचनाको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना…
Read More
नाकाक्षेत्रकाे समस्याबारे परराष्ट्रमन्त्रीद्वारा चिनियाँ पक्षसँग छलफल

नाकाक्षेत्रकाे समस्याबारे परराष्ट्रमन्त्रीद्वारा चिनियाँ पक्षसँग छलफल

काठमाण्डौ – चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हिजो तिब्बतको राजधानी ल्हासा पुग्नुभएको छ । ल्हासामा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत सचिव एवम् सरकार प्रमुख वाङ झुङहेङसँग भेटवार्ता गर्नुभएको छ । भेटमा सीमावर्ती क्षेत्रका समस्याबारे छलफल भएको छ । उहाँले  नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ । उहाँले सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो । बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटमा नेपाल–चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको…
Read More
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार' बाट हिमा खड्का मनसुन पुरस्कृत भएकि छिन् । मनसुन दक्षिण रोल्पा मात्र नभई समग्र रोल्पाको नयाँ पुस्ताको उदयमान र उर्जावान संचारकर्मी तथा साहित्यकार मध्ये एक हुन् । उनी रेडियो मालाश्री रोल्पाको समाचार वाचिका समेत हुन् । आज पुरस्कृत भएपछी सामाजिक संजाल फेसबुकमा लेख्छीन ´मलाई पुरस्कृत गरेकोमा राप्ती साहित्य परिषद् र स्रस्टा छनोट समितिलाई हार्दिक धन्यवाद । यस पुरस्कारले मलाई सिर्जनाको क्षेत्रमा लाग्न अझ प्रेरणा दिएको छ ।`
Read More
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भदौ २३ को जेनजी आन्दोलन भयो । सबै प्रदेशका सरकारहरु अस्थिर भएका बने मधेस प्रदेश सरकार झन् अस्थिर बन्यो।  तत्कालीन मुख्य मन्त्री जितेन्द्र सोलनले २०८२ कात्तिक २२ गते विश्वासको मत माग्दै गर्दा पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिएनन्। पार्टीलाई विशिष्ट घडीमा धोका दिए। जनताले मोसो दलेनन म आफैले मोसो दल्छु भन्दै प्रदेश सभामा आफ्नै अनुहारमा मोसो दलेका थिए। सबैले गल्ती स्वीकार गर्ने समय आएको र सरकारको नेतृत्व गर्ने नैतिक अधिकार कसैसँग नरहेको उनको भनाइ थियो। माओवादी…
Read More

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर खोलामा जाली बाँध्ने उद्देश्यले जेसीबीमार्फत जग खन्ने क्रममा फलामको सकेट जस्तो देखिने र त्यसबाट दुई वटा तार निस्किएको वस्तु भेटिएको हो। स्थानीय जानकारहरूले उक्त वस्तु सकेट बम हुन सक्ने बताएका छन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बागमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले प्रारम्भिक निरीक्षण गर्दा वस्तु शंकास्पद देखिएकाले आसपासको क्षेत्रलाई सिल गर्दै सर्वसाधारणलाई नजिक जान निषेध गरिएको जनाएको छ। प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई समेत जानकारी गराइएको र थप सुरक्षा सतर्कता…
Read More
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाह द्वारा जारी प्रेस विज्ञप्तिमा  उल्लेख छ कि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा सांसद कार्की स्वयं संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको छ। उनले उक्त घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको र संलग्नताको संकेत दिएका थिए। विज्ञप्तिमा भनिएको छ, “राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।” सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको छ। साथै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि उनी अनुपस्थित रहेको…
Read More
देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेशका तराईलगायत बाँकी हिमाली र पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति र भोलि पनि धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेकाले…
Read More
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे जानकारी दिन हिजो र आज २ दिन रास्वपाले ललितपुरको एक होटलमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण तथा संसदीय समितिहरूको भूमिकालगायतका विषयमा केन्द्रीत छ । त्यस्तै चुनावका बेला नागरिकसँग गरिएको प्रतिबद्धता तथा अब गर्नुपर्ने काम र प्राथमिकताबारे बहस केन्द्रित छ । संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद् तथा अर्थविद्हरूले पनि अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्नुभएको छ । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले झन्डै दुई तिहाइ बहुमतको विश्वास जोगाउँदै नागरिकको भरोसा…
Read More
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास गरिन्छ । यही विश्वासमा हरेक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । आजराति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने चलन छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट कुनै पनि जोखिम नहुने परम्परागत मान्यता छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । घोडेजात्राको अवसरमा सरकारले आज काठमाण्डौ…
Read More
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार रुन्टिगढी गाउँपालिका–७ खाक्सिबनका ४९ वर्षीया निर्मला बुढाथोकीको पहिरोमा पुरिँदा घटनास्थलमै मृत्यु भएको हो । मृतक निर्मलासहित छिमेकी गरी सात जना घर लिप्नको लागी माटोे लिन गएका बेला अचानक पहिरो खसेको प्रहरीले जनाएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका–७ मोतिखन्ने डाँडा नजिकै आज दिउँसो करिब १२ बजेतिर घर लिप्नका लागि माटो लिन गएका स्थानीय महिलामाथि माथिबाट पहिरो खसेको प्रहरीले युगपोष्टसँग जनाएको छ ।
Read More
प्रतिनिधिसभा चुनावको लागि देशभर मतदान शुरू

प्रतिनिधिसभा चुनावको लागि देशभर मतदान शुरू

काठमाण्डौ – प्रतिनिधिसभा चुनावको लागि देशभर मतदान शुरू भएको छ । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्न थालेको छ । प्रत्यक्ष प्रणालीतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद चुन्न मतदान शुरू भएको हो । अहिले बिहान ७ बजे बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । बेलुकी ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत दिन पाउनेछन् । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । मतदाताले मतदाता परिचयपत्रको सक्कल प्रति नभए नेपाली नागरिकता, नागरिकता नभए गाडी चालक अनुमतिपत्र,…
Read More
निर्वाचन सुरक्षाका लागि भरपर्दो प्रबन्ध गरिएको छ : निर्वाचन आयाेग

निर्वाचन सुरक्षाका लागि भरपर्दो प्रबन्ध गरिएको छ : निर्वाचन आयाेग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको पूर्व गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेर मतदान केन्द्रमा समेत मतदानको पूर्व गर्नुपर्ने कामहरू सम्पन्न भइसकेको जानकारी दिए  । आयोग सम्पूर्ण रुपमा मतदान केन्द्रमा केन्द्रित भएको भन्दै उनले मतदान केन्द्रको हाता तोक्ने, निषेधित क्षेत्र तोक्ने सूचना टाँस्ने लगायतका कामहरू भएको बताए ।आयोगले अहिले जिल्ला तह र मतदान केन्द्र तहबाट आएका विभिन्न विषयहरूलाई सम्बोधन गर्ने काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता भट्टराईले निर्वाचन पर्यवेक्षणका लागि आएका विदेशी प्रतिनिधिहरूलाई सहजीकरण गर्ने काम भइसकेको भन्दै निर्वाचनमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search