Skip to main content

Yug Post

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

Advertisement

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास गरिन्छ ।

यही विश्वासमा हरेक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । आजराति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने चलन छ ।

यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट कुनै पनि जोखिम नहुने परम्परागत मान्यता छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ ।

घोडेजात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यस्तै आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । बालकुमारी ज्यापुटोलको भीमसेन गुठीले सञ्चालन गर्दै आएको पाटनको एकल घोडेजात्राका क्रममा एक जना गुठियार घोडामा चढेर बल्खु चिवहाः, गणेश मन्दिर हुँदै बालकुमारी मन्दिरको परिक्रमा गर्छन् ।

गणेश र बालकुमारी मन्दिरको तीन फन्का परिक्रमा गरेपछि पाटनको घोडेजात्रा सकिन्छ । स्थानीयबासिन्दाले सिमसिम राजा भनेर चिन्ने मल्लकालीन राजा शिवसिंह मल्लले नै पाटनको घोडेजात्रा शुरूआत गरेको मानिन्छ ।

यसैबीच काठमाण्डौको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव गरिँदैछ । नगरपालिकाको आयोजनामा आज तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव गर्न लागिएको हो ।

नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ घोडेजात्रा महोत्सव आयोजना गरिएको हो । आज टुँडिखेलमा हुने घोडेजात्रा पर्व हेर्न जान नसक्नेहरूका लागि तारकेश्वरको महोत्सव फलदायी हुने उहाँको विश्वास छ

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search