Skip to main content

Yug Post

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

Advertisement

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ।
आज बिहान करिब १० बजेतिर खोलामा जाली बाँध्ने उद्देश्यले जेसीबीमार्फत जग खन्ने क्रममा फलामको सकेट जस्तो देखिने र त्यसबाट दुई वटा तार निस्किएको वस्तु भेटिएको हो। स्थानीय जानकारहरूले उक्त वस्तु सकेट बम हुन सक्ने बताएका छन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बागमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले प्रारम्भिक निरीक्षण गर्दा वस्तु शंकास्पद देखिएकाले आसपासको क्षेत्रलाई सिल गर्दै सर्वसाधारणलाई नजिक जान निषेध गरिएको जनाएको छ।

प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई समेत जानकारी गराइएको र थप सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।

रोल्पामा तत्कालीन जनयुद्धका बेला लुकाइएका विस्फोटक पदार्थका कारण विगतमा पटक–पटक मानवीय क्षति हुँदै आएको छ। केही वर्षअघि रोल्पाको त्रिवेणी गाउँपालिकामा यस्तै विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिकाको ज्यान गएको थियो।

आज पनि समयमै सतर्क नभएको भए अप्रिय घटना हुन सक्थ्यो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search