काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भदौ २३ को जेनजी आन्दोलन भयो । सबै प्रदेशका सरकारहरु अस्थिर भएका बने मधेस प्रदेश सरकार झन् अस्थिर बन्यो।
तत्कालीन मुख्य मन्त्री जितेन्द्र सोलनले २०८२ कात्तिक २२ गते विश्वासको मत माग्दै गर्दा पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिएनन्। पार्टीलाई विशिष्ट घडीमा धोका दिए।
जनताले मोसो दलेनन म आफैले मोसो दल्छु भन्दै प्रदेश सभामा आफ्नै अनुहारमा मोसो दलेका थिए। सबैले गल्ती स्वीकार गर्ने समय आएको र सरकारको नेतृत्व गर्ने नैतिक अधिकार कसैसँग नरहेको उनको भनाइ थियो।
माओवादी त्यागे पनि तत्काल कुनै दलमा नजाने प्रतिक्रिया दिएका उनी माघ ५ गते रास्वपाको जनकपुर सभामा देखिए। रास्वपाले पूर्वमुख्यमन्त्री सोनलको प्रदेश सभा क्षेत्र रहेकै बारा-४ बाट उनलाई टिकट दियो।
मधेसमा देखिएको ‘बालेन क्रेज’ र ‘घण्टीको लहर’ उनका लागि फलदायी बन्यो। ४१ हजार २०० मत पाएर निर्वाचित भएका थिए
पछिल्लो समय संसदमा स्कुले पोसाकमा प्रवेश गरेको र प्रचण्डको पार्टीलाई गिज्याउने गरेर चर्चामा आएका थिए ।
आज आफ्नै बारा जिल्लामा आफ्नै रास्वपा कार्यकर्ताबाट स्याल झैँ लखेटिए पछी जनताले मोसो दलेनन म आफै दलछु भनै मोसो दलेको घटनाले वास्तविकमा परिणत भएको छ।
व्यक्ति ,पार्टी र सरकार सबै असफल भएको नाटक गर्दै पार्टी छोडेको अनसारीको जिबनमा वास्तविक घटना आएपछि अब के गर्छन् ? हेर्न बाँकी छ।


