Yug Post

ओम पुनलाई प्रश्न : दशै तथा दिपाली प्रति तपाईको दृष्टिकोण के हो ?

ओम पुनलाई प्रश्न : दशै तथा दिपाली प्रति तपाईको दृष्टिकोण के हो ?

ओम पुनलाई प्रश्न : दशै तथा दिपाली प्रति तपाईको दृष्टिकोण के हो ?

१ . दशै तथा दीपावली प्रति तपाईको दृष्टिकोण के हो? दशै प्रकृति संग सम्बन्धित  पर्व हाे । बर्षा ऋतु सकिएर शरद ऋतु लाग्दा शुरु हुने पर्व हाे । बर्षातकाे कालरात्री जितेर स्वच्छ शरदकाे उज्यालोमा प्रवेश गरेको खुसियालीमा मनाइने पर्व हुन दशै र तिहार वा दिपावली । जेठ असारमा लगाएको बाली भित्र्याउने र भित्र राखेको बिउ छर्ने समय भएकोले दशैमा जमरा राख्ने चलन चलेको हाे । याे एक त अहिले छर्ने अन्नपात काे अवस्था कस्तो छ ? साल समय कस्तो छ ? भनेर गरिने परम्परागत बिउ परिक्षण हाे, भने अर्को स्वास्थ्यका रुपले बर्षमा एकदिन मात्रै भए पनि जमरा नखाए पनि कानमा…
Read More
सल्यान कपुरकोट चोरखोलामा दुर्घटना

सल्यान कपुरकोट चोरखोलामा दुर्घटना

रुकुमबाट दाङ तुलसीपुरतर्फ आउदै गरेको लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट-३ चोरखोलामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ रूकुमबाट दाङ आउँदै गरेको गाडी सडकदेखि ३००/४०० मिटर तल खस्दा १ महिला २ पुरूषकाे घटनास्थलमै मृत्यु र १ महिला १ पुरूष गम्भीर घाइते भएका छन् ।घाइतेलाई उपचारका लागि दाङ पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । पूरा विवरण आउन बाँकी
Read More
अनन्तको प्रतिक्रिया : आवश्यकता परे नेतृत्व लिन र आवश्यकता सबै त्याग पनि तयार

अनन्तको प्रतिक्रिया : आवश्यकता परे नेतृत्व लिन र आवश्यकता सबै त्याग पनि तयार

११ असोज, काठमाडौं । वर्षमान पुन अनन्तले दोस्रो तेस्रो पुस्ता आउनु पर्‍यो भन्ने बाताबरण बन्यो भने मात्र अगाडी बढ्ने नत्र आफू त्याग गर्न तयार भएको बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पुनले राजनीतिक अभिभावकको रुपमा प्रचण्ड रहने भए पनि संगठनको नेतृत्वको रुपमा अघि नबढ्ने बताएका हुन् । ‘कमरेड प्रचण्ड विशेष महाधिवेशनमा अध्यक्षको रुपमा रहनुहुन्नँ, उहाँ प्रतिस्पर्धामा नै आउनुहुन्नँ । उहाँले भनिसक्नुभएको छ, उहाँले प्रतिस्पर्धा नै गर्नुहुन्नँ,’ पुनले प्रष्ट भनेका छन्, ‘उहाँको भूमिका अलग होला, राजनीतिक अभिभावकको रुपमा रहनुहोला । तर, संगठनको रुपमा उहाँ अध्यक्ष बनेर प्रतिस्पर्धा गर्नुहुन्नँ प्रचण्डपछि दोस्रो तहका नेताहरू आउनुपर्‍यो भनेको खण्डमा आफूहरू…
Read More
मेयर्स फाेरमले सिहंदरबार पुन: निर्माणमा  गर्याे ५ करोड सहयोग

मेयर्स फाेरमले सिहंदरबार पुन: निर्माणमा गर्याे ५ करोड सहयोग

जेन–जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका सिंहदरबार र प्रहरी कार्यालय पुनर्निर्माणका लागि काठमाडौं उपत्यका मेयर्स फोरमले आर्थिक सहयोग गर्ने भएको छ । फोरमको बिहीबारको बैठकले सिंहदरबार पुनर्निर्माणमा पाँच करोड र उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुनर्निर्माण गर्न एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । ललितपुर महानगरका मेयरसमेत रहेका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले पहिलो चरणमा सिंहदरबार र प्रहरी कार्यालय पुनर्निर्माण गर्न सहयोग गर्ने निर्णय भएको बताए । ‘नागरिकलाई शान्तिसुरक्षा प्रत्याभूत गराउने प्रहरी कार्यालयमा आगजनी भएको छ । सिंहदरबार पनि जलेको छ,’ उनले भने, ‘हामी सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड दिन्छौँ ।’ उनका अनुसार यो रकम फोरमको खातामा मौज्दात रहेको रकमबाट सम्बन्धित निकायलाई…
Read More
माओवादीमा २५ प्रतिशत जेनजिको प्रतिनिधित्व गराउन जेनजिको माग

माओवादीमा २५ प्रतिशत जेनजिको प्रतिनिधित्व गराउन जेनजिको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट (१२–२८) युवा समूहले पार्टीका सबै सहमा २५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् । पार्टीका सबै तह (केन्द्रीय, प्रदेश, जिल्ला, स्थानीय समिति) मा कम्तीमा २५ प्रतिशत पदहरूमा जेनजी पुस्तालाई प्रतिनिधित्व यस मागको आधार जनसङ्ख्यागत सन्तुलन : हाल नेपालको ठुलो हिस्सा युवाहरू जेनजीमा छ, तिनीहरूको आवाज संरचनागत तहमा प्रतिबिम्बित हुनुपर्छ । राजनीतिक उत्तराधिकार र नवीन सोच: पुराना पुस्ताको अनुभवसँगै नयाँ पुस्ताको ऊर्जा, प्रविधि (दक्षता र नयाँपन) को संयोजनले मात्र पार्टी दीर्घकालीन रूपमा जीवन्त रहन सक्छ’, ज्ञापनपत्रमा लेखिएको…
Read More
दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै

काठमाण्डौ – दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ । दशैँ अवधिभर काठमाण्डौ उपत्यकाका मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीसहित देशभरका शक्तिपीठमा दर्शनार्थीको घुुईंचो लाग्छ ।
Read More
लुङ्ग्री गाउँपालिका रोल्पाको  नवनिर्मित प्रशासकीय  भवनको औपचारिक उदघाट्न

लुङ्ग्री गाउँपालिका रोल्पाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक उदघाट्न

रोल्पा । लुङ्ग्री गाउँपालिकाको आफ्नै नवनिर्मित प्रशासकीय भवनको औपचारिक उदघाट्न भएको छ। गाउँपालिकाले प्रशासकीय भवन निर्माणको लागि स्मृति विशाल नारायण जेभीसँग २०७९ पुस २० देखि काम सुरु गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले उक्त मितिदेखि दुई वर्षभित्र काम सक्ने गरी सम्झौता गरेको थियो । सो निर्माण कम्पनीले २०८१ पुस २० मै सम्ता अवधि भित्रै कार्य सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले बताएका छन् । निर्माण व्यवसायीसँग ७ करोड ४३ लाख ८४ हजारमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएकोमा कार्यसम्पादन पश्चात प्राविधिक मूल्याङ्कन ६ करोड ९२ लाख ३ हजार रकम मात्र भुक्तानी पाएका छन् समितिबाट ४७ लाख…
Read More
बङ्गलाचुली–१ मा क्यान्सर पीडित गौतमलाई सहयोग हस्तान्तरणको  तयारी

बङ्गलाचुली–१ मा क्यान्सर पीडित गौतमलाई सहयोग हस्तान्तरणको तयारी

दाङ — बङ्गलाचुली गाउँपालिका–१ स्युजा खाडाकी क्यान्सर पीडित महिला तुलसा गौतमको उपचारमा सहयोग पुर्‍याउन प्रवासी एकता समाज बङ्गलाचुली–१, दाङले सञ्चालन गरेको सहयोग अभियानबाट करिब ९९ हजार ५ सय ४४ रुपैयाँ संकलन भएको छ। संस्थाका अध्यक्ष निमराज घर्ती, कोषाध्यक्ष बिक्रम भट्टराईलगायत सामाजिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको प्रत्यक्ष उपस्थितिमा पारदर्शी ढङ्गले संकलित रकम हस्तान्तरण गरिने प्रवासी एकता समाजका सचीव भेष राज खनालले जानकारी दिनु भो। तुलसा गौतम उपचारको क्रममा चितवन गएका कारण तोकिएको समयमा रकम हस्तान्तरण गर्न नसकिएको भए पनि हाल उनी घर फर्किएको जानकारी पाएपछि अब छिट्टै रकम बुझाइने बताइएको छ। यस अभियानमा देश–विदेशमा रहेका विभिन्न व्यक्तिहरूले सहयोग गरेका छन्। संस्थाले सहयोग…
Read More
प्रचण्डको प्रस्ताव : सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन

प्रचण्डको प्रस्ताव : सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन

प्रचण्डको प्रस्ताव : सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् ।  काठमाडौँ —माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् । दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् ।  'केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं । त्यसैगरी प्रदेश जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरेर सांगठनिक नयाँ संरचनामा अघि बढाऔं,' उनले बैठकमा भनेका छन् । महाधिवेशनले नै खुला लोकतान्त्रिक ढंगले पार्टीको नेतृत्व चयन…
Read More
घोराहीमा ५०० शैयाको संजिवनी हस्पिटल भोलि ६ गते देखी संचालन हुँदै

घोराहीमा ५०० शैयाको संजिवनी हस्पिटल भोलि ६ गते देखी संचालन हुँदै

घोराही उपमहानगरपालिका–३, बरगदवा, भानपुरमा ४ अर्बको लगानीमा निर्माण भएको संजीवनी शिक्षण अस्पताल यही असोज ६ गते औपचारिक रूपमा उद्घाटन हुँदै यश अवसरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । अस्पतालका सीईओ दीपक रोकाले घटस्थापनाको शुभ अवसर पारेर हुने उक्त उद्घाटन कार्यक्रममा सबैलाई उपस्थित भई साथ र सहयोग प्रदान गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार संजीवनी अस्पताललाई आधुनिक प्रविधियुक्त, गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । चार अर्ब रुपैयाँको ठूलो लगानीमा निर्माण गरिएको सो अस्पतालमा प्रारम्भिक चरणमै अत्याधुनिक उपकरणसहित विभिन्न ५०० शैयाको सुविधा उपलब्ध गराइने बताइएको छ । अस्पतालले विशेष गरी दाङसहित सम्पूर्ण…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search