१ . दशै तथा दीपावली प्रति तपाईको दृष्टिकोण के हो?
दशै प्रकृति संग सम्बन्धित पर्व हाे । बर्षा ऋतु सकिएर शरद ऋतु लाग्दा शुरु हुने पर्व हाे । बर्षातकाे कालरात्री जितेर स्वच्छ शरदकाे उज्यालोमा प्रवेश गरेको खुसियालीमा मनाइने पर्व हुन दशै र तिहार वा दिपावली । जेठ असारमा लगाएको बाली भित्र्याउने र भित्र राखेको बिउ छर्ने समय भएकोले दशैमा जमरा राख्ने चलन चलेको हाे । याे एक त अहिले छर्ने अन्नपात काे अवस्था कस्तो छ ? साल समय कस्तो छ ? भनेर गरिने परम्परागत बिउ परिक्षण हाे, भने अर्को स्वास्थ्यका रुपले बर्षमा एकदिन मात्रै भए पनि जमरा नखाए पनि कानमा वा गलामा लगाएर स्वस्थ हुने पुरानो स्वास्थ्य प्रविधि हाे । पहिले हाम्रा बाउ बाजेले जमरा सप्रियाे भने, याे बर्ष बालिनाली राम्रो हुन्छ, बिग्रियाे भने खेतीपातीकाे समय छैन भनेर भन्थे । याे भनेको हिउँदे बाली लगाउने समयको बिउकाे बैज्ञानिक परिक्षण हाे । दशै खासमा प्रकृति माथिको बिजयकाे रुपमा मनाउने जनसंस्कृति हाे तर पछि गएर हिन्दू आर्यहरुले यसलाई देवी र महिसासुर,राम र रावन अझ नेपालका हिन्दुहरुले झन पृथ्वीनारायण शाहको बिजय संग जाेडेर भ्रष्टीकरण गर्ने र समुदायलाई विभाजित गर्ने खेल खेलिएकाे छ । राताे टीका लगाउने र बिजयकाे उन्माद देखाउने अनि एक समुदायले अर्को समुदायको अस्तित्व र संस्कृति समाप्त गर्ने हिन्दु आर्यकाे षड्यन्त्रका कारण आज नेपाली र भारतीय समाज बिभाजित,अपमानित र असमान भएको छ । राम र रावनकाे नक्कली कथा कहानीले भारत देखि श्रिलंका सम्म एक समुदायले अर्को समुदायलाई निषेध र अपमानित गर्ने संस्कार बसालिएकाे छ । भारतमै रहेको एक भैसासुर समुदायले अहिले देवि र भैसासुर अथवा महिसासुर कथा र हिन्दु संस्कृतिको बिराेध गरिरहेको छ । नेपालमा आदिवासीजनजाति र खस आर्य बिच जबर्जस्त बिभाजन ल्याउने काम भएको छ । याे गलत छ । याे महिसासुर र देवि,राम र रावन अनि पृथ्वीनारायण शाहकाे पाला भन्दा हजारौं बर्ष पहिले देखि बिकास भएको जनसंस्कृति हाे र नेपालमा अझ यसको छुट्टै महत्त्व र सामाजिक सद्भाव छ ।
दशै एउटा बडा छ र अर्को सानाे छ जसलाई चैते दशै भनिन्छ । पहिला यसलाई समाजमा स्यानाे दशै र ठुलो दशै भन्ने चलन थियो र अझै पनि गाउँ घरमा छ । बडा र बिजय शब्द पछि थपिएका हुन । हुन पनि ब्यवहारमा हेर्ने हाे भने पनि अहिलेको ठुलो दशै पनि बर्षे खेतीपाती भित्र्याउनेकाे संघारमा हुन्छ भने, स्यानाे दशै चैते पनि नुवागी खाने हिउँदे बाली भित्र्याउने बेलामा मनाइन्छ । के याे कुनै बिजयकाे सिजन हाे याे ? याे त सब हिन्दु शासकहरुले आफ्नो बर्चस्व जनतामा थाेपर्न र भ्रम सृजना गर्न जाेडिएकाे कहानी हाे । यसमा जनतालाई बिभाजित गर्नु हुदैन । पुजा पाठ र बलिको जनतालाई खासै मतलव हुदैन याे त पछि शासकीय जातीले आफ्नो स्वार्थ सिद्ध गर्न बनाइएका शास्त्रीय कहानी मात्रै हुन । यसको भ्रममा नपरेर हामीले यसलाई सद्भावनाको पर्व वा चाडकाे रुपमा मनाउनु पर्छ ।
त्यस्तै तिहार वा दिपावली पनि त्यस्तै प्राकृतिक र पारिवारिक चाड हाे । यसका पनि दुई पक्ष छन् । जस्तो कि दशैमा ठुला साना सबै जम्मा हुने र घरको जेष्ठ सदस्यबाट टीका लगाउने,आर्शिरवाद वा उपदेश लिने चलन भए जस्तै तिहारमा पनि फरक तर त्यस्तै शैली पाइन्छ । दशैमा नयाँ बाली चढाउने वा नुवागी खाने चलन छ भने तिहारमा त्यसका विभिन्न परिकार बनाएर खाने चलन छ,किनकि दशैमा बाली भित्र्याउने र खेतबारीमा बीउ छर्ने चटारो हुन्छ भने तिहारमा बाली भित्र्याएर पनि खेतीपाती छरेर सकिएको हुन्छ । त्यसमा दशैमा आफ्नै घरमा अल्झिएका र काममा व्यस्त भएका दाजु बिहिनी भेट हुने र सद्भाव बाँड्ने गरिन्छ । यसमा एउटा त एकै घरमा जन्मिएका दाजु बहिनी वा दिदी बहिनी अलगअलग भएको मिलनकाे रुपमा लिइन्छ भने अर्को पहिला समागमी समाजबाट अगाडि बढ्दा घरकै दाजु भाइ तथा दिदी बहिनी बिच पवित्र सम्बन्ध हाेस भनेर पनि चलाएको संस्कृति मानिन्छ । यसमा बर्षातकाे समयमा अलग थलग भएका दाजु भाइ दिदीबहिनी मिलेर भैलाे खेल्ने,दान माग्ने ,सबै मिलेर खाने यस्तो चलन छ । दशैमा जाैँकाे जमरा र तिहारमा सयपत्री वा हजारीकाे फुलकाे माला लगाउने चलन छ । यसमा पनि निकै बैज्ञानिकता छ । जाैं भनेको मानव पुर्खाले प्रयाेगमा ल्याएको सबैभन्दा जेठाे र पाेषीलाे बाली हाे भने हजारी मानव पुर्खाले प्रयाेग गरेको पहिलाे फुल हाे । अहिले जमरा मकै वा गहुँका पनि लगाउने चलन छ त्यो ठिक हैन ।
जमरा जाैं र माला हजारीकाे अनि दशैकाे टीका सेताे दही चामल र तिहारकाे पनि लंका फुलकाे दानाकाे सेताे पिठाेमा सात रंग जाेडेर लगाउने हाे । यसमा पनि बैज्ञानिकता र प्रकृति छ ।
अहिले आएर यसमा इन्द्र र बली राजाको कथा अनि यामराज र यमुनाकाे मिलन अनि एम र एमीकाे कथा पनि पछि हिन्दु आर्यहरुले जाेडेका हुन । नत्र भने दशै र तिहार वा दिपावली भनेका प्रकृति संग जाेडिएका सामाजिक सद्भाव र आदर सम्मानका चाड हुन ।
यसलाई धेरै पछि मात्रै एक धर्म, एक बर्ग र एक जातीय समुदायको बिजय र पराजयकाे कथा संग जाेडेर शासकीय संस्कृतिकाेरुपमा विभेद र विभाजनकारी बनाइएको हाे । त्यसैले यसलाई जनसंस्कृतिकाे रुपमा सामाजिक सद्भाव,पारिवारिक मिलन,सामुहिक मनाेरञ्जन र भावनात्मक एकताको पर्वकाको रुपमा मनाउनु पर्छ
२ .दशै तथा दीपावली कसरी मनाउनु हुन्छ ?
म यसलाई सामान्य तर आफन्त तथा जन भेटघाटको रुपमा मनाउछु । यसलाई मैले धर्म संग जाेडेर कहिल्यै हेर्दिन । म संस्कृतिलाई धर्म भन्दा धेरै माथि राखेर हेर्छु । समय र फुर्सद मिले सम्म पारिवारिक जमघटमा पनि सहभागी हुन्छु तर पारिवारिक जमघटकाे समय नमिलेमा जहाँ छु त्यहीँ जनता संग एकाकार भएर मनाउछु । मैले नाता सम्बन्ध देश भरि जाेडेकाे छु । दिदीबहिनी सबै ठाउँमा छन् । अभिभावक सबैतिर मानेको छु । उहाँहरूको सम्मान र आदरलाई सधैं स्विकार गर्छु तर धार्मिक अन्धविश्वासलाई कहिल्यै मान्दिन ।
३.दशै तथा दीपावलीकाे अवसरमा जनतालाई के सन्देश दिनुहुन्छ ?
दशै तथा दिपावली भनेको बर्षमा एकपटक मनाउने जनसंस्कृति हाे । यसको आफ्नै खाले मनाेविज्ञान छ । यसलाई कुनै अमुक धर्म र समुदायसंग जाेडेर एक अर्काेलाई निशेध र विभेद गर्नुहुँदैन । यसमा अनावश्यक खर्च र तामझाम पनि गर्नु हुदैन । जथाभावी मादक पदार्थ खाएर परिवार,समाज र स्वयं आफैलाई हानि हुने काम गर्नुहुँदैन । बर्ष भरिएको तनाव र थकानलाई बिर्साउने गरि रमाइलो दिनका रुपमा मनाउनु पर्छ । पारिवारिक एकता,मिलन र समाजिक सद्भाव कायम गर्ने गरि यसलाई हाम्रो पुर्खाले हजारौं बर्ष देखि बिकास गरेकोले जनउत्सवकाे रुपमा मनाउन सुझाव दिन्छु । बास्तबमा शासकीय धर्म र जातिले यसलाई एकपक्षीय र विभेदकारी बनाउन खाेजेतापनि दशै र तिहार आम नेपाली जनताको साझा संस्कृति बनिसकेको छ । याे राज्य र धर्म भन्दा धेरै माथि छ र यसलाई त्यहि रुपमा मान्नुपर्छ । वास्तवमा जनता खुसि हुनु भनेको नै क्रान्ति हाे । चाडपर्वले जनतालाई समानता र सामुहिकतामा जाेड्छ । मान्छे एक मिनेट वा एक घन्टा वा एक दिन पनि सबै दुख बिर्सिएर रमाउछ भने त्यहीँ हाे साम्यवाद । त्यसैले जनताले पनि दशै र तिहारलाई धर्म र संस्कार संग जाेडेर झन्झटिलो र खर्चिलो बनाउनु हुदैन । जे छ त्यहीँ खाएर वा लाएर रमाउनु पर्छ । यसलाई आफन्त, जनता,शुभचिन्तक र साथीभाइ संगकाे भेटघाट तथा अन्तरक्रिया गर्ने अवसरको रुपमा पनि मनाउनु पर्छ । अझ यसलाई अन्धविश्वास र परम्पराको रुपमा मात्रै भन्दा पनि मानव पुर्खाले प्रकृति संग गरेको संघर्ष र त्यसबाट उत्पन्न परिणामको बारेमा समाजशास्त्रिय र मानशास्त्रियरुपमा विवेचना गर्नुपर्छ र थप बैज्ञानिक बनाउनुपर्छ । प्रकृति र संस्कृतिको सम्बन्ध बारे बैज्ञानिक खाेज र अनुसन्धान गर्दै भावी पुस्तालाई जनसंस्कृति प्रति थप जवाफदेही बनाउनुपर्छ । दशै र दिपावली मात्रै हैन हामीले मनाउने हरेक चाडपर्वलाई प्रकृति र संस्कृति संग जाेडेर मनाउने बैज्ञानिक समाज बनाउनुपर्छ ।
युगपाेष्टले समय सन्दर्भमा विविध र समसामयिक विषयमा बहस र धारणा सार्वजनिक गर्ने ३ प्रश्न कार्यक्रम अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का महाधिवेशन आयोजक समिति सदस्य ओम प्रकाश पुन संग दशै तथा दीपावलीबारे धारणा माथि उल्लेख गरिएको छ ।