Yug Post

माओवादीमा २५ प्रतिशत जेनजिको प्रतिनिधित्व गराउन जेनजिको माग

Advertisement

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट (१२–२८) युवा समूहले पार्टीका सबै सहमा २५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् । पार्टीका सबै तह (केन्द्रीय, प्रदेश, जिल्ला, स्थानीय समिति) मा कम्तीमा २५ प्रतिशत पदहरूमा जेनजी पुस्तालाई प्रतिनिधित्व यस मागको आधार जनसङ्ख्यागत सन्तुलन : हाल नेपालको ठुलो हिस्सा युवाहरू जेनजीमा छ, तिनीहरूको आवाज संरचनागत तहमा प्रतिबिम्बित हुनुपर्छ ।

राजनीतिक उत्तराधिकार र नवीन सोच: पुराना पुस्ताको अनुभवसँगै नयाँ पुस्ताको ऊर्जा, प्रविधि (दक्षता र नयाँपन) को संयोजनले मात्र पार्टी दीर्घकालीन रूपमा जीवन्त रहन सक्छ’, ज्ञापनपत्रमा लेखिएको छ ।

भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण अहिले सबै पार्टीमा नेतृत्वमाथि पुनर्गठनको दबाब परेको छ । पार्टी पुनर्गठनका लागि अध्यक्ष प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । बिहीबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न अहिले माओवादीको स्थायी समिति बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search