Skip to main content

Yug Post

प्रचण्डको प्रस्ताव : सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन

Advertisement

प्रचण्डको प्रस्ताव : सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन

दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् । 

काठमाडौँ —माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् । दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् । 

‘केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं । त्यसैगरी प्रदेश जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरेर सांगठनिक नयाँ संरचनामा अघि बढाऔं,’ उनले बैठकमा भनेका छन् ।

महाधिवेशनले नै खुला लोकतान्त्रिक ढंगले पार्टीको नेतृत्व चयन गर्ने उनको प्रस्ताव छ । उनले केन्द्रीय पदाधिकारी बैठकमा घोषित निर्वाचनमा होमिनुको विकल्प नभएको भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेस गरेका छन्। अब निर्वाचनमै जान उपयुक्त हुने पनि दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search