Skip to main content

Yug Post

घोराहीमा ५०० शैयाको संजिवनी हस्पिटल भोलि ६ गते देखी संचालन हुँदै

Advertisement

घोराही उपमहानगरपालिका–३, बरगदवा, भानपुरमा ४ अर्बको लगानीमा निर्माण भएको संजीवनी शिक्षण अस्पताल यही असोज ६ गते औपचारिक रूपमा उद्घाटन हुँदै यश अवसरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

अस्पतालका सीईओ दीपक रोकाले घटस्थापनाको शुभ अवसर पारेर हुने उक्त उद्घाटन कार्यक्रममा सबैलाई उपस्थित भई साथ र सहयोग प्रदान गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार संजीवनी अस्पताललाई आधुनिक प्रविधियुक्त, गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

चार अर्ब रुपैयाँको ठूलो लगानीमा निर्माण गरिएको सो अस्पतालमा प्रारम्भिक चरणमै अत्याधुनिक उपकरणसहित विभिन्न ५०० शैयाको सुविधा उपलब्ध गराइने बताइएको छ । अस्पतालले विशेष गरी दाङसहित सम्पूर्ण मध्यम तथा पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य लिएको छ ।

सीईओ रोकाले शुभारम्भपश्चात् अस्पतालले सामान्य उपचारदेखि उच्चस्तरीय शल्यक्रिया, मातृत्व तथा बाल स्वास्थ्य, आकस्मिक सेवा, एनआईसीयू, पिआइसियु लगायत भेन्टिलेटर सहितका आइसीयू, एमआरआई, सीटी स्क्यान लगायतका सेवा प्रारम्भ गर्ने जानकारी दिनुभयो । साथै, शिक्षण अस्पतालका रूपमा यसलाई विकसित गर्दै आगामी दिनमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य पनि रहेको उहाँले बताउनुभयो ।

अस्पतालका अनुसार यस संस्थाले स्वास्थ्य सेवा मात्र नभई स्थानीय तहमा रोजगारी सिर्जना गर्ने, स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने र क्षेत्रीय स्तरमा स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउनेछ । स्थानीयवासी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूले असोज ६ गते हुने उक्त ऐतिहासिक शुभसाइत कार्यक्रममा सहभागिता जनाई संजीवनी अस्पताललाई थप मजबुत बनाउनुपर्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search