२३ श्रावण २०८२ १२:२३
२३ श्रावण २०८२ १२:२३
रोल्पाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार माडी गाउँपालिकाको वडा नं. ६, कोर्चाबाङमा कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै समीक्षासमेत गरिएको छ । कार्यक्रममा गाउँपालिकाले गरेको कार्यसम्पादन उत्कृष्ट रहेको भएपनि जनताका सरोकारका विषय अझै सम्बोधन गर्नुपर्ने सहभागीले बताएका थिए । कार्यक्रममा सहभागी स्थानीय मानबहादुर घर्तीले गीतको माध्यमबाट नाङखोलाको पुल जिर्ण भएको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै कोर्चाबाङकै स्थानीय नन्दकुमारी पुनमगरले आइपास नेपालले किशोरकिशोरी सम्बन्धी तालिम दिइ विभिन्न काममासमेत खटाएको स्मरण गराउँदै ती तालिमप्राप्त जनशक्तिलाई किशोरकिशोरीको प्रजनन् स्वास्थ्य, बालविवाह न्यूनीकरण लगायतका विषयमा परिचालन गर्नसक्ने सम्भावनाका विषयमा जानकारी गराउनुभएको…