Skip to main content

Yug Post

त्रिवेणी गाउँपालिका ७ नम्बर वडाले २५२ जनालाई भत्ता वितरण

त्रिवेणी गाउँपालिका ७ नम्बर वडाले २५२ जनालाई भत्ता वितरण

त्रिवेणी गाउँपालिका ७ नम्बर वडाले २५२ जनालाई भत्ता वितरण

त्रिवेणी गा.पा.वडा नं ७ तिलामा आ.व.२०८१/०८२ को चाैथाे त्रैमासिक सामाजिक सुरक्षा भत्ता २५२ जनालाई वितरण गरिएको छ । वितरण कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य र वडाका कर्मचारीहरु , बैंक शाखा प्रबन्धक तथा कर्मचारी बिरेन्द्र मा.वि.गाङका प्र.अ बर्मन बुढा मगर र स्काउट बिद्यार्थी सहभागी थिए। पालिकाले वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि । प्राप्त गर्ने २२५ जना खुसी भएर घर फर्केका छन् ।
Read More
माडी गाउँपालिकाको  आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न

माडी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न

रोल्पाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार माडी गाउँपालिकाको वडा नं. ६, कोर्चाबाङमा कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै समीक्षासमेत गरिएको छ । कार्यक्रममा गाउँपालिकाले गरेको कार्यसम्पादन उत्कृष्ट रहेको भएपनि जनताका सरोकारका विषय अझै सम्बोधन गर्नुपर्ने सहभागीले बताएका थिए । कार्यक्रममा सहभागी स्थानीय मानबहादुर घर्तीले गीतको माध्यमबाट नाङखोलाको पुल जिर्ण भएको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै कोर्चाबाङकै स्थानीय नन्दकुमारी पुनमगरले आइपास नेपालले किशोरकिशोरी सम्बन्धी तालिम दिइ विभिन्न काममासमेत खटाएको स्मरण गराउँदै ती तालिमप्राप्त जनशक्तिलाई किशोरकिशोरीको प्रजनन् स्वास्थ्य, बालविवाह न्यूनीकरण लगायतका विषयमा परिचालन गर्नसक्ने सम्भावनाका विषयमा जानकारी गराउनुभएको…
Read More
मानव तस्करीको तरिका ,नक्कली कांग्रेस र नक्कली द्वन्द्वपीडित भएर अमेरिका

मानव तस्करीको तरिका ,नक्कली कांग्रेस र नक्कली द्वन्द्वपीडित भएर अमेरिका

रोल्पाको कांग्रेस कार्यसमितिको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरि विभिन्न ब्यक्तिहरूले आफू नेपाली कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई नेपाली कांग्रेसको हरेक गतिविधिमा सकृय भएको हुँदा द्वन्द्व प्रभावित भनेर अमेरिका गएको कुरा खुलेको छ। यो पनि एक प्रकारको मानव तस्करी नै भएकाले कानुनी कार्वाही गर्नुपर्ने आवश्यकता छ। जिल्ला सभापति किशोर आचार्य द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेस जिल्ला जिल्ला कार्यसमिति रोल्पा र अन्य तहहरू समेतको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरि विभिन्न ब्यक्तिहरूले आफू नेपाली कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई नेपाली कांग्रेसको हरेक गतिविधिहरूमा सक्रिय भएको कारण द्वन्द्व प्रभावित भएको, विज्ञप्तिमा भनिएको छ ..माओवादी पार्टीका कार्यकर्ताले…
Read More
रोल्पाको माडी गाउँपालिकाको  वार्षिक सार्वजनिक सुनुवाइ आज  ११ बज्ये देखी हुँदै

रोल्पाको माडी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ आज ११ बज्ये देखी हुँदै

रोल्पाको माडी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ आज ११ बज्ये देखी हुने भएको छ ।     आर्थिक वर्ष २०८१/८२ मा भएका विकास निर्माण, सेवा प्रवाह र अन्य समग्र विषयमा सार्वजनिक सुनुवाइ गरिने गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले जानकारी दिनुभयो । गाउँपालिकाका सरोकारवालालाई सार्वजनिक सूचना मार्फत जानकारी दिइसकेको पालिकाले जनाएको छ । वडा नम्बर ६ को वडा कार्यालयमा सम्पन्न हुने उक्त सार्वजनिक सुनुवाइमा उपस्थितिको लागि सम्पुर्ण राजनैतिक दल, पेशाकर्मी, उद्योगी, व्यापारी, समाजसेवीलगाएत सबै सरोकारवालालाई आग्रह गरिएको छ । कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद गौतमले जानकारी दिनुभयो ।
Read More

वाइसीएल रोल्पाले संगठन केन्द्रको गति लियो

वाइसीएल केन्द्रको कार्यक्रम ´श्रम उत्पादनमा वाइसीएल ` भन्ने नारामा वाइसीएल नेपाल रोल्पा जिल्ला समितिको बैठक बसेको छ। प्रमुख आतिथ्यता मा. दिपेन्द्र कुमार पुन ,बिशिस्ट अतिथि वाइसीएल लुम्बिनी प्रदेश समिति अध्यक्ष कृष्ण सारु र माओवादी रोल्पा जिल्ला समिति पार्टी सचिव ज्वाला बैठक बिशिस्ट आतिथ्यता रहेको थियो । बैठकले केन्द्र र जिल्लाको श्रम उत्पादनमा वाइसीएल अभियान जिल्लाका पालिका र वडा सम्म लैजाने निर्णय गरेको छ । श्रमको छनौट सहिद,बेपत्ता,घाइते अपाङ्ग हरुको परिवार सङ्ग जोडिने र सार्बजनिक ठाउँहरुको सरसफाइ निर्माण आदि रहेका छन् । बाढी पहिरो बिपदमा वाइसीएल केन्द्रको नीति र जिल्ला पार्टीको निर्देशन अनुसार बिपद ब्याबस्थापन एसटिएफ गठन गर्ने कमान्डर प्रदेश कमिटीले…
Read More
बहुमत पार्टीको विवाद , बैठकमै कुटाकुट र कालोमोसो दल्ने सम्म

बहुमत पार्टीको विवाद , बैठकमै कुटाकुट र कालोमोसो दल्ने सम्म

काठमाडौं–  नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)ले दुई पोलिटब्युरो सदस्यसहित सातजना केन्द्रीय सदस्यको कारबाही फुकुवा गरेका छन् । बास्तोलाले सोमबार एक परिपत्र जारी गर्दै यसअघि कारबाहीमा परेका नेताहरूलाई तोकिएको जिम्मेवारीमा फर्किन सर्कुलर पठाएर निर्देशन दिएका छन् । यही साउन १४ गते पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक बसिरहेको अवस्थामा होहल्ला तथा अस्वभाविक अवस्था सिर्जना गरेको भन्दै नेकपा बहुमतले पोलिटब्युरो सदस्य पूर्ण बिक र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको थियो । यस्तै पोलिटब्युरो सदस्य सागर लिम्बू, केन्द्रीय सदस्यहरू हरि श्रेष्ठ, कृष्ण शाह, नेत्र रानाभाट, दर्शन नेपाली, बद्री अधिकारी र विक्रम पौडेललाई अनिश्चित कालका लागि निलम्बन गरिएको…
Read More
आज यी स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। यसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ। कोशी  र कर्णाली प्रदेशका थोरै र बाँकी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही र बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। राति देशभर अधिकांश बदली रहनेछ।…
Read More
माओवादी केन्द्रले नेकपासँग एकताको निम्ति वार्ता  टोली गठन गर्ने

माओवादी केन्द्रले नेकपासँग एकताको निम्ति वार्ता टोली गठन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र )ले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग वार्ता टोली बनाएर एकताका लागि छलफल थाल्ने निर्णय गरेको छ। पार्टीको स्थायी कमिटी बैठक समापनपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सो कुरा बताएका हुन् । उनका अनुसार अब वार्ता टोली बनाएर एकताका लागि छलफल थाल्ने निर्णय गरेको छ। ‘विप्लव नेतृत्वको नेकपासँग् एकता गर्ने सहमति भएको छ । वार्ता टोली बनाएर छलफल थाल्नेछौँ,’ सापकोटाले भने । त्यस्तै उच्चपदस्थ कर्मचारीदेखि नेताहरुसँगको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन पहल गर्ने निर्णय समेत माओवादीले गरेको छ । साथै सरकार भ्रष्टाचारमा लिप्त भएको निष्कर्ष निकाल्दै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको समेत…
Read More
पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्दा  विनोद चौधरीको पन्जाबाट जग्गा फिर्ता

पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्दा विनोद चौधरीको पन्जाबाट जग्गा फिर्ता

साउन १९ ,काठमाडौ - नेकपा(माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले गृहमन्त्री हुदा पहल गरेको कारण चौधरी ग्रुपका संचालक विनोद चौधरीले कब्जा गरेको गग्गा औपचारिक रूपमा सरकारको नाममा आएको छ। काठमाडौ जिल्ला काठमाडौ महानरपालिका वडा नम्बर ३ को कित्ता नम्बर ५८ को ४६०७ वर्गमिटर क्षेत्रफल भएको जग्गा काठमाडौ मालपोत कार्यालयले नेपाल सरकारको नाममा फिर्ता दिएको हो ।
Read More
मिडिया विधेयक संशोधन नभएमा प्रेस सेन्टर नेपाल चरणबद्ध आन्दोलनमा उत्रने घोषणा

मिडिया विधेयक संशोधन नभएमा प्रेस सेन्टर नेपाल चरणबद्ध आन्दोलनमा उत्रने घोषणा

मिडिया काउन्सिल विधेयक संशोधन गरिएन भने आन्दोलनमा जाने भन्दै प्रेस विज्ञप्ति निकाले छ। प्रेस सेन्टर नेपालले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा संसदको विषयगत समिति र विभिन्न मञ्चहरूमा आफ्नो धारणा राखिसकेको छ । विधेयकका केही प्रावधानहरूबारे प्रेस सेन्टर नेपालको गम्भीर सरोकार रहेको भन्दै प्रेस सेन्टरका महासचिव मनोज घर्ती द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा विभिन्न ८ बुदामा उल्लेख गरेका छन् । १) राष्ट्रिय सभाबाट पारित विधेयकका प्रावधानप्रति ध्यानाकर्षण : राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्ने देखिएको छ । यी प्रावधानहरूले विधेयकलाई पञ्चायतकालीन…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search