Yug Post

त्रिवेणीका मावि लगायत कृष्ण मावि माडीको कक्षा १२ को परिक्षा केन्द्र नव नेपाल क्याम्पसमा

त्रिवेणीका मावि लगायत कृष्ण मावि माडीको   कक्षा १२ को  परिक्षा केन्द्र  नव नेपाल क्याम्पसमा

त्रिवेणीका मावि लगायत कृष्ण मावि माडीको कक्षा १२ को परिक्षा केन्द्र नव नेपाल क्याम्पसमा

टेक मगर ,रोल्पा — त्रिवेणीका विभिन्न मावि र माडीगाउँ पालीकाको कृष्ण माविकाको कक्षा १२ परिक्षा केन्द्र त्रिवेणी गाउँपालिका ५ स्थित नव नेपाल क्याम्पसमा रहेको छ । कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भएको छ। परीक्षामा सहभागी हुने सूचिमा २६३ जना विद्यार्थी रहेका थिए। तीमध्ये ८३ जना केटा र १८० जना केटी थिए। तर, प्रारम्भिक विवरणअनुसार २ जना केटी अनुपस्थित रहेकाले हाल ८३ जना केटा र १७८ जना केटीसहित कुल २६१ जना विद्यार्थीहरुले परीक्षा दिइरहेका छन्। विद्यार्थीहरू विभिन्न विद्यालयहरूबाट सहभागी भएका छन्। श्री अरनीको मा.वि त्रिवेणी गाउँपालिका २ नुवागाउँ बाट ७३ जना, श्री जन जागृती मा.वि त्रिवेणी गाउँपालिका ५…
Read More
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराहीले नेताहरुको कार्य विभाजन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराहीले नेताहरुको कार्य विभाजन

घोराही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराहीले नेताहरुको कार्यविभाजन गरेको छ । नगर समितिका अध्यक्ष खिमबहादुर चौधरीको अध्यक्षतामा घोराहीमा सम्पन्न तेस्रो पूर्ण बैठकले विभाग र वडा सल्लाहकार तोकेको हो । जसअनुसार वडा इञ्चार्जहरु वडा नं. १ मा भीमसेन बुढा, २ मा रोमकुमार पौडेललाई वडा इञ्चार्ज तोकिएको छ । यसैगरी वडा नम्बर ३ मा इञ्चार्ज सुमन रोका र सह इञ्चार्जमा पार्वती सुवेदी, खड्गबहादुर नेपाली, ४ मा इञ्चार्ज गिरबहादुर महरा, सहइञ्चार्जमा रिखा शर्मा, ५ मा इञ्चार्ज गोपाल पुरी, सह इञ्चार्ज तिलक पुन, वडा नं. ६ मा इन्चार्ज चन्द्रबहादुर पुन, सह इञ्चार्जहरु केशवबहादुर महरा र राधिका पुन चौधरी, ७ मा इञ्चार्ज चुमान…
Read More

शिक्षक माथी खुडा प्रहार गर्ने तुल्सिपुरका एक व्यक्ति पक्राउ

दाङ, २१ वैशाख । दाङ तुलसीपुर उप-महानगरपालिका–६, रजौरा स्थित हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ परेका छन्। गएकाे शुक्रबार करिब १०:१५ बजेतिर आक्रमण गरेर फरार रहेका तुलसीपुर–४, रक्षाचौर निवासी २१ वर्षीय सुरेश बिकलाई प्रहरीले शनिबार साँझ पाैने ९ बजेतिर नियन्त्रणमा लिएकाे हाे । तुलसीपुर–४, हलुवारस्थित सडकबाट पक्राउ उनलाई पक्राउ गरिएकाे हाे । उनले साेही विद्यालयका शिक्षक विशेष श्रेष्ठमाथि खुडा प्रहार गरेका थिए। खुडा प्रहार हुँदा श्रेष्ठ घाइते भएका छन् । उनी अहिले उपचाररत छन् ।
Read More
आजबाट कक्षा १२ को परीक्षा  सुरु

आजबाट कक्षा १२ को परीक्षा सुरु

दाङ , बैशाख २१ - यस अघि बैशाख ११ गतेबाट संचालन हुने भनिएको परिक्षा शिक्षक आन्दोलनको कारण सरेपछि आजबाट सुरु भएको छ। आजबाट सुरु परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पुर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् । बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ६२ र मनाङ-मुस्ताङमा एक-एक केन्द्र निर्धारण…
Read More
रेउलेको ‘कुरै खलास’ म्युजिक भिडियो सार्वजनिक भए सँगै भाइरल

रेउलेको ‘कुरै खलास’ म्युजिक भिडियो सार्वजनिक भए सँगै भाइरल

कृष्ण अधिकारी दाङ / नेपाली संगीत क्षेत्रले फेरि एउटा नयाँ स्वाद पाएको छ। चर्चित गायक तथा कलाकार कृष्ण रेउलेको नयाँ म्युजिक भिडियो ‘कुरै खलास’ युट्युबमार्फत सार्वजनिक भएको छ। लोक र आधुनिक शैलीको उत्कृष्ट संयोजनमा तयार पारिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ। गीतमा कृष्ण रेउले, एलिना चौहान र रेश्मा पुनको सशक्त स्वर रहेको छ भने सुकदेव अधिकारी, रुपी सिञ्जाली र प्रेमा राणाले समूह भोकलमार्फत गीतलाई अझ सजीव बनाएका छन्। गीतका सर्जक मनजित पुन, संगीतकार ऋषि खड्का, र संगीत संयोजक बिमल छिनाल हुन्। गीतको रेकर्डिङ गतिशील स्टुडियोमा भएको हो जहाँ लक्ष्मण विश्वकर्मा रेकर्डिस्टका रूपमा रहेका…
Read More
असिनाले त्रिवेणी–७ खर्कका तरकारी बालीमा करिब १ करोड २८ लाखको क्षति

असिनाले त्रिवेणी–७ खर्कका तरकारी बालीमा करिब १ करोड २८ लाखको क्षति

रोल्पा — त्रिवेणी गाउँपालिका–७ खर्कमा हिजो परेको असिनाले स्थानीय किसानका तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको छ। असिनाबाट करिब १ करोड २८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। त्रिवेणी गाउँपालिकाका कृषि प्राविधिक र वडा नम्बर ७ का कृषि प्राविधिकको टोली सम्बन्धित ठाउँमै गएर किसानहरूको के कति क्षति भयो भनेर अवलोकन गरेको छ। कृषि प्राविधिकको अनुसार कति नोक्सानी भयो भनेर एकिङ्को साथ भन्न नसकिने बताएका छन्। सम्पूर्ण क्षति तरकारीहरूको डाटा सङ्कलन गरेको कारण अहिले नै यति नै भयो भनेर भन्न नसकिने तर आइतबारसम्म कति नोक्सानी भएको भनेर जानकारी दिने कृषि प्राविधिकले बताएका छन्। प्रभावित बालीहरूमा मुख्यतः बन्दा, टमाटर, गोलभेंडा,…
Read More
जनजागृति माविमा नतिजा प्रकाशन, भर्ना अभियान आइतबार देखि सुरु

जनजागृति माविमा नतिजा प्रकाशन, भर्ना अभियान आइतबार देखि सुरु

रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका ५ मा अवस्थित श्री जन जागृति माध्यमिक विद्यालयले बाल विकासदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको परीक्षा नतिजा सार्वजनिक गरेको छ। विद्यालयका अनुसार २०८१ सालको वार्षिक परीक्षामा सहभागी ६१५ मध्ये ९३.४९ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् भने ६.५० प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्। हालैका दिनमा शिक्षक आन्दोलनका कारण देशभरकै विद्यालयहरूको शैक्षिक गतिविधिमा असर परेको सन्दर्भमा विद्यालयका बि.वि.स अध्यक्ष कृष्ण बहादुर केसीले जन जागृति माविका शिक्षक, अभिभावक र विद्यार्थीहरूको मन भने विद्यालयमै रहेको बताएका छन्। "शिक्षक आन्दोलनमा सहभागी भए पनि शिक्षा प्रति सबैको भावना जिम्मेवार छ," उनले भने। अध्यक्ष केसीले अभिभावकहरूलाई विद्यार्थीलाई हौसला दिन आग्रह गर्दै भने, “अहिलेको…
Read More
सिराहामा   ६२ वर्षीय एक पुरुषले अर्का २७ बर्षिय  पुरुषलाई खुकुरी प्रहार

सिराहामा ६२ वर्षीय एक पुरुषले अर्का २७ बर्षिय पुरुषलाई खुकुरी प्रहार

जनकपुरधाम , सिराहामा ६२ वर्षीय एक पुरुषले अर्का २७ बर्षिय पुरुषलाई खुकुरी प्रहार गरेका छन् । कुटपिट तथा खुकुरी प्रहारबाट घाइते भएका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए । उनको टाउको, घाँटी र ढाडमा चोट लागेको छ । अवस्था भने सामान्य रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा संलग्न ६२ वर्षीय जिवछ महतोसहित उनका परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने एकजना भने फरार छन् । जिवछसँगै उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरी प्रहार…
Read More
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

काठमाडौँ, १९ वैशाख — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ विश्वविद्यालयको छात्रावास (होस्टेल) को कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनी किट विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् र परीक्षा दिने क्रममा सोही होस्टेलमा बस्दै आएकी थिइन्। यो घटनाले केही समयअघि भएको अर्की नेपाली विद्यार्थीको मृत्यु घटनालाई पुनः स्मरण गराएको छ। गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत चितवनकी २० वर्षीया प्रकृति लम्साल पनि होस्टेलको आफ्नै कोठामा मृत फेला परेकी थिइन्। साह पनि लम्साल बस्दै आएको सोही होस्टेलमा बस्दै आएकी थिइन्। साहले के कारणले…
Read More
नेपाल शिक्षक महासंघ र  सरकार बीचको  सहमति प्रति  नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति

नेपाल शिक्षक महासंघ र सरकार बीचको सहमति प्रति  नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति

नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति प्रति नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति जनाउँदै पुन: आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ। चैत २० देखि काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले बुधबार (वैशाख १७ गते) भएको भएको वार्तामा नौबुँदे सहमति भएपछि विरोधका सबै कार्यक्रम बन्द गरेको छ।  त्यसको भोलिपल्ट बिहीबार (वैशाख १८ गते) बिहान नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी सहमति र आन्दोलन फिर्ता अस्वीकार गरेको हो।   विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव  शान्तिनाथ योगीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९औँ दिनप्रश्चात् मिति २०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search