Skip to main content

Yug Post

नेपाल शिक्षक महासंघ र सरकार बीचको सहमति प्रति  नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति

Advertisement

नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति प्रति नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति जनाउँदै पुन: आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ।

चैत २० देखि काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले बुधबार (वैशाख १७ गते) भएको भएको वार्तामा नौबुँदे सहमति भएपछि विरोधका सबै कार्यक्रम बन्द गरेको छ। 

त्यसको भोलिपल्ट बिहीबार (वैशाख १८ गते) बिहान नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी सहमति र आन्दोलन फिर्ता अस्वीकार गरेको हो।  

विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव  शान्तिनाथ योगीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ-
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९औँ दिनप्रश्चात् मिति २०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको पूर्ण रूपमा असहमति रहेको बेहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणाबाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ। भनेर विज्ञप्ति निकालेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search