Yug Post

असिनाले त्रिवेणी–७ खर्कका तरकारी बालीमा करिब १ करोड २८ लाखको क्षति

Advertisement

रोल्पा — त्रिवेणी गाउँपालिका–७ खर्कमा हिजो परेको असिनाले स्थानीय किसानका तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको छ। असिनाबाट करिब १ करोड २८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। त्रिवेणी गाउँपालिकाका कृषि प्राविधिक र वडा नम्बर ७ का कृषि प्राविधिकको टोली सम्बन्धित ठाउँमै गएर किसानहरूको के कति क्षति भयो भनेर अवलोकन गरेको छ। कृषि प्राविधिकको अनुसार कति नोक्सानी भयो भनेर एकिङ्को साथ भन्न नसकिने बताएका छन्। सम्पूर्ण क्षति तरकारीहरूको डाटा सङ्कलन गरेको कारण अहिले नै यति नै भयो भनेर भन्न नसकिने तर आइतबारसम्म कति नोक्सानी भएको भनेर जानकारी दिने कृषि प्राविधिकले बताएका छन्।

प्रभावित बालीहरूमा मुख्यतः बन्दा, टमाटर, गोलभेंडा, काउली, साग तथा केही बाँकी गहुँ लगायतका तरकारी बालीहरू रहेका छन्। मौसम अनुकूल भई राम्रो उत्पादन हुने आशामा रहेका किसानहरू असिना पानीका कारण बाली सखाप भएपछि गहिरो आर्थिक संकटमा परेका छन्।

चिरेखोला उत्पादक कृषक समूहका अध्यक्ष हेमन्त बुढाथोकीका अनुसार खर्क गाउँमा करिब २५ घरधुरी छन्, जहाँ प्रायः सबैले तरकारी खेतीमा आश्रित छन्। “यहाँका अधिकांश किसानको मुख्य आयस्रोत तरकारी खेती हो,” बुढाथोकीले भन्नुभयो, “तर बैशाखको महिनामै परेको असिना पानीले सबै बाली सखाप पारेपछि किसानहरू अत्यन्त चिन्तित छन्।”

स्थानीय सरकारले क्षतिको मूल्यांकन गरी प्रभावित किसानलाई राहत र सहयोगका कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search