Skip to main content

Yug Post

किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

Advertisement

काठमाडौँ, १९ वैशाख — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्।

वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ विश्वविद्यालयको छात्रावास (होस्टेल) को कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनी किट विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् र परीक्षा दिने क्रममा सोही होस्टेलमा बस्दै आएकी थिइन्।

यो घटनाले केही समयअघि भएको अर्की नेपाली विद्यार्थीको मृत्यु घटनालाई पुनः स्मरण गराएको छ। गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत चितवनकी २० वर्षीया प्रकृति लम्साल पनि होस्टेलको आफ्नै कोठामा मृत फेला परेकी थिइन्। साह पनि लम्साल बस्दै आएको सोही होस्टेलमा बस्दै आएकी थिइन्।

साहले के कारणले आत्महत्या गरेकी हुन् भन्ने विषयमा अहिलेसम्म पुष्टि हुन सकेको छैन। विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार घटनाबारे यकिन जानकारी बाहिर आइसकेको छैन।

हाल मृतक साहको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ र घटनाको थप अनुसन्धान जारी रहेको जनाइएको छ।

एकै विश्वविद्यालयमा केही महिनाको अन्तरालमै दुई नेपाली छात्राको मृत्यु भएपछि विद्यार्थी र अभिभावकहरूबीच चिन्ता र आशंका थपिएको छ। घटनाको गम्भीरता हेर्दै सम्बन्धित निकायबाट निष्पक्ष छानबिनको माग पनि उठ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search