२८ श्रावण २०८२ २१:२९
२८ श्रावण २०८२ २१:२९
काठमाडौं । धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको नेकपा(बहुमत)ले एकजनालाई मोसो दलेको छ । मंगलबार चितवनको खैरहनी नगर कमिटीले नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै कालो मेसो दलेको पार्टी स्रोतले बताएको छ । भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध मोसो अभियान चलाइरहेको बहुमतले पछिल्लो समय त्यसलाई तिब्रता दिइरहेको छ । सरकार र सराकारी संयन्त्रबाट तिब्र असन्तुस्टी जनाइरहेका जनताबीच लोकप्रिय बन्दै गएको बहुमतले हालै मात्र न्यायाधीशहरुलाई बिरगञ्ज इजलाशभित्रै गएर मोसो दलेपछि देशमा सो पार्टीले थप चर्चा बटुलिरहेको छ । चितवनको खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालले भ्रष्टाचार गरेको र जनतालाई अनावश्यक दुःख दिने गरेकोले मोसो दलेको एक नेताले अनलाईन डबलीलाई जानकारी दिए । लम्साल…