Skip to main content

Yug Post

बर्दिवासमा हाँसो र व्यङ्ग्यले भरिएको गाईजात्रा समारोह

Advertisement
बर्दिवास, साउन २४ –
सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा शनिबार बर्दिवासमा गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम ‘अब हाँस्छ बर्दिवास’ भव्य रूपमा सम्पन्न भयो । कार्यक्रम उल्लासमय र मनोरञ्जनपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।कार्यक्रममा संस्थाका अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्य तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको विशिष्ट आतिथ्य रहेको थियो । सह–सञ्चालन विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले गरेका थिए भने उपाध्यक्ष जीवनराज दाहालले सबै अतिथिहरूलाई हार्दिक स्वागत गरेका थिए ।

यस अवसरमा वडा अध्यक्ष पदम आले, नगरका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, साहित्यकार, पत्रकार, व्यवसायी र विविध क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अतिथिहरूमा होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेश अध्यक्ष हिरा गौतम, बर्दिवास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, होटल व्यवसायी संघ महोत्तरी अध्यक्ष गुन्ज बहादुर कार्की, प्रगतिशील लेखक संघ (प्रलेस) मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, केन्द्रीय सदस्य विमला विक, शिशिर घिमिरे स्मृति प्रतिष्ठान संयोजक प्रेम घिमिरे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, बर्दिवास साहित्यिक–सांस्कृतिक प्रतिष्ठान अध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष जीवन स्पर्शी, रोटरी तथा रोट्र्याक्ट क्लबका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय अग्रजहरू सहभागी थिए ।

कार्यक्रममा कविता, गीत, नृत्य, जादु तथा प्रहसनजस्ता आकर्षक प्रस्तुतीहरूले दर्शकलाई मन्त्रमुग्ध बनाए । बेलबहादुर परियार, प्रतिभा पोखरेल, जीवनाथ पोखरेल, कविता दाहाल, रमेश खत्री, सुमन सारङी, कृष्ण क्याप्छाकी, मदन सुन्दास, प्रतिमा पौडेल, प्रविन पौडेल, नारायण खड्का, राजेश भण्डारी र प्रेम घिमिरेलगायत कलाकारहरूले मनमोहक प्रस्तुती दिएका थिए ।

प्रमुख अतिथि सारदा देवी थापाले बर्दिवासमा हास्यव्यङ्ग्यको सशक्त उपस्थिति स्थापित भएको उल्लेख गर्दै, यस्ता व्यङ्ग्यमूलक कार्यक्रमहरूले समाजका विकृति–विसङ्गतिलाई निर्भीक रूपमा उजागर गर्दै सुधारतर्फ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष नारद प्रसाद काफ्लेले प्रमुख तथा विशिष्ट अतिथि, सहभागी कलाकार, दर्शक–श्रोता, सञ्चारकर्मी, सहयोगी संस्था र गौतम होटल परिवारलाई विशेष धन्यवाद दिंदै आगामी दिनहरूमा पनि यस्तै साथ–सहयोग रहने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search