Skip to main content

Yug Post

संस्कृति मन्त्री बद्री पाण्डे र स्वामी रमणानन्दद्वारा लड्केश्वर निशानीको संयुक्त अनावरण

Advertisement
पनौती, काभ्रे, श्रावण २७ –
विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामले निरन्तर धार्मिक तथा सांस्कृतिक गौरवको नयाँ आयाम थप्दै आएको छ । हालै सम्पन्न भएको विश्वकै अग्लो शिव त्रिशूल निर्माण र ७७ वटै जिल्लामा सम्पन्न भव्य रथयात्रापछि आज पुनः अर्को ऐतिहासिक क्षण धामको काखमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र सन्त समाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द महाराजको संयुक्त करकमलबाट लड्केश्वर धामको विशेष ‘निशानी’ अनावरण गरिएको हो ।
कार्यक्रममा विद्वान प्रा. डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पन्थी, राजनीतिज्ञ मधु आचार्य, पनौती नगरपालिका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, वडा अध्यक्ष विपिन लामा, पीठाचार्य अरुण कुमार पाण्डे, ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, कोटिहोमका गुरुहरूलगायत दानदाता र भक्तजनहरूको उपस्थितिले माहोल भव्य बनेको थियो ।
पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्पअनुसार ‘राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा’ नामक अभियान अन्तर्गत यो ६.५ केजी शुद्ध चाँदीको निशानीलाई ७७ वटै जिल्लामा शास्त्रीय विधिअनुसार लैजाने र दर्शन गर्न नपाएका भक्तजनलाई पनि दर्शनको अवसर दिने तयारी भएको छ । यात्राको सुरक्षा र व्यवस्थापनका लागि गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार भइसकेको र यात्राका लागि विशेष रथ तयार पारिएको जानकारी पीठाधीशले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search