Skip to main content

Yug Post

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

Advertisement

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पीडित पक्षसँग भएको सहमतिअनुसार सुनसरी घटनाका मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । प्रदर्शनका क्रममा सुनसरीमा ३ र सिरहामा १ गरी ४ जनाको ज्यान गएको थियो ।

यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्यावलाई नियुक्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजेश श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि भएको छ । प्रवक्ता पोखरेलका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्नुका साथै बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद‍्मा पेश गर्न स्वीकृति दिएको छ ।

बैठकले पशु वधशाला र मासु जाँच ऐन २०५५ चरणबद्धरूपमा देशभर लागू गर्ने निर्णयसमेत गरेको छ ।त्यस्तै नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गरी समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search