Yug Post

Breaking News 1

सुर्खेत दुर्घटना ,मृत्यु हुनेकाे संख्या ४ पुग्याे

सुर्खेत दुर्घटना ,मृत्यु हुनेकाे संख्या ४ पुग्याे

सुर्खेत : सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो । प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाह भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई जनाको शव उद्धार गरेर…
Read More
नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिराेहिया  हाजिर जमानीमा छुटे

नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिराेहिया हाजिर जमानीमा छुटे

काठमाडौँ : नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा आज उनलाई हाजिर जमानीमा छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले थाहाखबरलाई जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु पर्ने नदेखेमा सरकारी वकिलको राय लिएर हाजिर जमानीमा छाड्न सक्ने कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्थामा टेकेर छाडिएको अवाले बताए। यही जेठ ८ गते पक्राउ परेका सिरोहिया हाल अस्पतालमा उपचाररत छन्। पक्राउको केही दिनमा जनकपुरको काव्य अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको र हाल मेडिसिटी…
Read More
देश मध्यावधि निर्वाचनमा जान सक्छ : लिङदेन

देश मध्यावधि निर्वाचनमा जान सक्छ : लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलहरूका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाई थियो । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्ड आफैँले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पङ्क्ति संगठन निर्माणमा जुट्नुपर्ने अध्यक्ष लिङ्देनले बताए । उनले भने,‘दलहरूको…
Read More
विपक्षी दलहरुकाे वैठक सुरु ,माधव नेपालकाे पनि उपस्थिति (कारण यस्ताे छ)

विपक्षी दलहरुकाे वैठक सुरु ,माधव नेपालकाे पनि उपस्थिति (कारण यस्ताे छ)

काठमाडौं : बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ । उक्त बैठकमा सत्तारुढ घटक नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि मिसिएका छन् । बैठकमा यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन् । बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ । सत्ता समीकरणमा असन्तुष्ट माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा थिए । यसअघि सत्ता गठबन्धन भत्काउन अध्यक्ष नेपाल र उपेन्द्र यादव मिलेर अघि बढेपछि जसपा नेपाल विभाजित बनेको थियो । अशोक राईले जसपा नेपाल फुटाएर जसपा गठन गरेपछि गठबन्धनमा…
Read More
सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौ : सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गर्नुभएको हो । यो यो चालु आवको तुलनामा ६ दशमलव २ प्रतिशतले धेरै हो । यस्तै संशोधित बजेट भन्दा २१ दशमलव ५६ प्रतिशत धेरै हो ।चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१ दशमलव ३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५…
Read More
जनयुद्ध स्मृति भ्यु टावर रोल्पामा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

जनयुद्ध स्मृति भ्यु टावर रोल्पामा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

जनयुद्ध स्मृति भ्यु टावर लिबाङ सातदोबाटोमा नगरपालिका, नगर साहित्य, कला तथा साङ्गीत प्रतिष्ठान रोल्पाले आयोजना गरेको रोल्पा सिर्जना महोत्सवको पाँचौ संस्करण अन्तर्गत पाँचौ राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा देश भरीबाट १ सय ६३ जना कविहरुले कविता उपलब्ध गराएको र त्यसमध्ये उत्कृष्ट १० कवितालाई राष्ट्रिय प्रतियोगिताको लागि छनोट समितिले समावेश गरेको थियोे भने १० उत्कृष्ट कविलाई पछाडि पार्दै भट्टराई प्रथम हुनु भएको हो । १५० पूर्णाङ्कमा मुल्यांकन गरिएको कविता प्रतियोगितामा अविनाश भट्टराईले १२० अंक लिएर भट्टराई देशजस्तो शिर्षक कविताबाट प्रथम भइ नगद रु ४० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । नवलपरासीका अन्जान प्रतीकले ११७.५ अंक…
Read More
नेपाली काङ्ग्रेसद्धारा सडक संघर्षकाे घाेषणा

नेपाली काङ्ग्रेसद्धारा सडक संघर्षकाे घाेषणा

काठमाडाैं :नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरी छानबिनको माग गर्दै काठमाडौंमा सडक प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम अपचलन गरेको आरोप लागेको उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफैँ गृहमन्त्री भएपछि आफूमाथि भइरहेको अनुसन्धान रोकेको र प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै संसदीय छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 'संसद्‌मा पहिले देखिनै कांग्रेसले यो माग राखेको छ । तर सरकारले बेवास्ता गरेको छ भने सभामुखले पनि तटस्थ भूमिका निभाएका छैनन्,' विश्वकर्माले कान्तिपुरसँग भने, 'सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ…
Read More
किन अमेरिकाले सन्दिपकाे भिसा रद्द गर्याे ,कारण यस्ताे छ

किन अमेरिकाले सन्दिपकाे भिसा रद्द गर्याे ,कारण यस्ताे छ

काठमाडौं :अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो। 'नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो', लामिछानेले फेसबुकमा भनेका छन्, 'दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।'क्यानका सदस्य दुर्गा पाठकले पनि सन्दीपको भिसा जारी नभएको खबर प्राप्त भएको जानकारी दिए । उनले भने,…
Read More

चाैथाेपटक पनि विश्वासकाे मत पाउनेमा ढुक्क छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडाै : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे । ‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने…
Read More
संसदकाे गतिराेध नहटे अध्यादेशवाट अघिवढ्नुपर्ने अवस्था आउन सक्छ : सभामुख घिमिरे

संसदकाे गतिराेध नहटे अध्यादेशवाट अघिवढ्नुपर्ने अवस्था आउन सक्छ : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको अभिमत राख्ने थलो बन्धक हुन नसक्ने बताएका छन् । नेपाल पत्रकार महांसघको चौथो साधारणसभालाई सम्बोधन गर्दै उनले छलफलबाट निष्कर्षमा पुग्नुको विकल्प नभएको बताए ।उनले भने, ‘अहिले संसद बन्धक बनिरहेको छ, जनताका प्रतिनिधिहरुले जनताको अभिमत राखेर निर्णय गर्ने ठाउँ आज अवरुद्ध छ । संसद यसरी रोकिएर बस्न सक्दैन र हुँदैन पनि । यसले निर्णय लिनैपर्छ । निर्णय लिन सबैको साथ सहयोग पनि चाहिन्छ ।’ सभामुख घिमिरेले अहिले उत्पन्न मागहरु र त्यसलाई कसरी निष्कर्षमा पुर्‍याउन सकिन्छ भन्ने कुरामा सौहार्दपूर्ण ढंगबाट छलफल गरेर निकासमा पुग्नुपर्नेमा जोड दिए ।उनले थपे, ‘संसदका गतिविधि अगाडि बढ्न सकेन भने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search