Yug Post

सुरक्षा र कुटनिती

माेदीकाे सपथग्रहण समाराेहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आजै भारत प्रस्थान हुने

माेदीकाे सपथग्रहण समाराेहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आजै भारत प्रस्थान हुने

भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्रीकाे पद तथा गाेपनियताकाे सपथ लिदैछन ।माेदीकाे शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् ।प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिँदैछन् । प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।…
Read More
नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिराेहिया  हाजिर जमानीमा छुटे

नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिराेहिया हाजिर जमानीमा छुटे

काठमाडौँ : नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा आज उनलाई हाजिर जमानीमा छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले थाहाखबरलाई जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु पर्ने नदेखेमा सरकारी वकिलको राय लिएर हाजिर जमानीमा छाड्न सक्ने कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्थामा टेकेर छाडिएको अवाले बताए। यही जेठ ८ गते पक्राउ परेका सिरोहिया हाल अस्पतालमा उपचाररत छन्। पक्राउको केही दिनमा जनकपुरको काव्य अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको र हाल मेडिसिटी…
Read More
स्रोत नखुलेको साढे १६ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको साढे १६ लाखसहित एक जना पक्राउ

परासी, १६ कार्तिक । स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन्। भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेसम बोहराले जानकारी दिए। कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ। पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको…
Read More
बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारा, १३ कात्तिक । बाराको कलैयामा  अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको  छ । अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक  रुपेश स्वर्णकारमाथि २ राउन्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
Read More
महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरी, १३ कात्तिक । महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् । जलेश्वर नगरपालिका–७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो ।
Read More
बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ

कैलाली, १२ कात्तिक । आफ्नै बुबा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई  प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
घरायसी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु

घरायसी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु

खोटाङ, ११ कार्तिक । खोटाङमा चिर्पटले हानेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान् दावाले ३६ वर्षीय श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए, उक्त चोटले श्रीमतीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । श्रीमान् दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More
धनगढीबाट चरेस र चितुवाको छालासहित प्रहरी हवलदार पक्राउ

धनगढीबाट चरेस र चितुवाको छालासहित प्रहरी हवलदार पक्राउ

धनगढी, १ कार्तिक । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीद गेट नजिकैको एक होटेलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करणबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए। उनीहरूको साथबाट प्लास्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ। लागू औषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान…
Read More
सालकको खपेटासहित एक जना पक्राउ

सालकको खपेटासहित एक जना पक्राउ

  काठमाडौँ, १ कात्तिक । टोखा नगरपालिका-६ स्थित न्यु खुकुरी फुड क्याफेबाट ९ सय ३० ग्राम तौलको सालकको खपेटा १ थानसहित सोही नगरपालिका-८ ग्रिनल्याण्ड बस्ने झापा घर भएकी ३१ वर्षीय सुषमा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सालकको खपेटा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Read More
अमेरिका पठाइदिन्छु भनेर ११ लाख ठगी

अमेरिका पठाइदिन्छु भनेर ११ लाख ठगी

काठमाडौँ, २९ असोज । अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। दैलेख घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका-२ बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ परेका हुन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। भुवनेश्वर अनात्यले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search