Yug Post

संसदकाे गतिराेध नहटे अध्यादेशवाट अघिवढ्नुपर्ने अवस्था आउन सक्छ : सभामुख घिमिरे

Advertisement

काठमाडौं : सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको अभिमत राख्ने थलो बन्धक हुन नसक्ने बताएका छन् ।
नेपाल पत्रकार महांसघको चौथो साधारणसभालाई सम्बोधन गर्दै उनले छलफलबाट निष्कर्षमा पुग्नुको विकल्प नभएको बताए ।उनले भने, ‘अहिले संसद बन्धक बनिरहेको छ, जनताका प्रतिनिधिहरुले जनताको अभिमत राखेर निर्णय गर्ने ठाउँ आज अवरुद्ध छ । संसद यसरी रोकिएर बस्न सक्दैन र हुँदैन पनि । यसले निर्णय लिनैपर्छ । निर्णय लिन सबैको साथ सहयोग पनि चाहिन्छ ।’

सभामुख घिमिरेले अहिले उत्पन्न मागहरु र त्यसलाई कसरी निष्कर्षमा पुर्‍याउन सकिन्छ भन्ने कुरामा सौहार्दपूर्ण ढंगबाट छलफल गरेर निकासमा पुग्नुपर्नेमा जोड दिए ।उनले थपे, ‘संसदका गतिविधि अगाडि बढ्न सकेन भने हामीले गर्नैपर्ने थुप्रै कामहरु त्यसमा पनि निकट आइरहेको बजेट पारित गर्ने कुरा, अहिले सरकारकै बहुमत छ कि छैन भन्ने कुराको प्रश्न उठिरहेको बेलामा ७ गते बहुमत देखाउँछु भनेको छ । यस्तो बेलामा संसद अवरुद्ध भयो भने के परिणाम आउँछ ?
निश्चय पनि त्यतिबेला संसदलाई अन्त्य गरेर अध्यादेशको बाटाबाट कतिपय परिस्थिति खोल्नुपर्ने अवस्था आउँछ । अहिलेकै अवस्थामा हामीले त्यो बाटोमा गयौं भने हामीले प्रजातन्त्रलाई कसरी उपयोग गर्ने ?

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search