जनयुद्ध स्मृति भ्यु टावर लिबाङ सातदोबाटोमा नगरपालिका, नगर साहित्य, कला तथा साङ्गीत प्रतिष्ठान रोल्पाले आयोजना गरेको रोल्पा सिर्जना महोत्सवको पाँचौ संस्करण अन्तर्गत पाँचौ राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा देश भरीबाट १ सय ६३ जना कविहरुले कविता उपलब्ध गराएको र त्यसमध्ये उत्कृष्ट १० कवितालाई राष्ट्रिय प्रतियोगिताको लागि छनोट समितिले समावेश गरेको थियोे भने १० उत्कृष्ट कविलाई पछाडि पार्दै भट्टराई प्रथम हुनु भएको हो । १५० पूर्णाङ्कमा मुल्यांकन गरिएको कविता प्रतियोगितामा अविनाश भट्टराईले १२० अंक लिएर भट्टराई देशजस्तो शिर्षक कविताबाट प्रथम भइ नगद रु ४० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।
नवलपरासीका अन्जान प्रतीकले ११७.५ अंक लिएर स्याण्डग्लास सृष्टिको काउन्ट (डाउनू शिर्षक कविताबाट द्वितीय भइ नगद रु ३० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । मकवानपुरका अनिता न्यौपानेले ११५.५ अंक लिएर महल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछ शिर्षक कविताबाट तृतीय भइ नगद रु।२० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । दुई जना मध्ये एक जना दैलेखका दिपिन सिजापतीले ११४ अंक लिएर इच्छा पत्रू शिर्षक कविताबाट सान्त्वना भइ नगद रु १० हजार सहित प्रमाणपत्र प्राप्त गरे भने अर्का मकवानपुरका सुवास सजलले १११.५ अंक लिएर ऐठन शिर्षक कविताबाट सान्त्वना भई नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । निर्णायक मण्डलमा दिनेश अधिकारी, केशव सिरिवाल र प्रभा भट्टराई रहेनु भएको आयोजकले जानकारी दिएको छ ।राष्ट्रिय कविता प्रतियोगितामा विजय भएका कविकारहरुलाई रोल्पा नगरपालिका,नगर साहित्य,कला तथा साङ्गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष नवीन लोचन मगर , रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती र रोल्पा नगरपालिकाका उपमेयर गीता आचार्यले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भए संगै शनिबार प्रतियोगिता सम्पन्न भएको छ।


