Yug Post

Breaking News 1

गायिका एलिना चाैहानले किन रुदै भिडियाे वनाइन ,कारण यस्ताे रहेछ

गायिका एलिना चाैहानले किन रुदै भिडियाे वनाइन ,कारण यस्ताे रहेछ

काठमाडौं : गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन् । भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन् । उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ– ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे ।’ एलिनाले उक्त भिडियोको क्याप्सनमा लेखेकी छिन्– एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ ।’ यो क्याप्सन अर्थपूर्ण देखिन्छ । गत महिना मात्र विवाह गरेकी एलिनाको रोएको यो भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रशंसक चिन्तित बनेका छन् । कतिपयले पति-पत्नीबीच झगडा परेको हो कि भनेर टिप्पणी गरेका छन् ।कतिपयले एलिनाले अभिनय…
Read More
विश्वकप का वाकी खेल खेल्न क्रिकेटर सन्दिप लामिछाने वेस्टइण्डिज

विश्वकप का वाकी खेल खेल्न क्रिकेटर सन्दिप लामिछाने वेस्टइण्डिज

काठमाडौं  : क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् ।क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन । यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा…
Read More
माेदीकाे सपथग्रहण समाराेहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आजै भारत प्रस्थान हुने

माेदीकाे सपथग्रहण समाराेहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आजै भारत प्रस्थान हुने

भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्रीकाे पद तथा गाेपनियताकाे सपथ लिदैछन ।माेदीकाे शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् ।प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिँदैछन् । प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।…
Read More
रुससँग आणविक युद्ध भएमा अमेरिकाले आफ्ना साझेदारहरुलाई जाेगाउदैन : पुटिन

रुससँग आणविक युद्ध भएमा अमेरिकाले आफ्ना साझेदारहरुलाई जाेगाउदैन : पुटिन

काठमाडौ :रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आणविक युद्ध भइहालेमा अमेरिकाले आफ्ना साझेदारहरुलाई नजोगाउने बताएका छन् । पुटिनले यस्तो अवस्थामा अमेरिका किनार लाग्ने समेत बताएका छन् । शुक्रबार सेन्ट पिटर्सबर्ग अन्तराष्ट्रिय आर्थिक मन्चको कार्यक्रममा पुगेर पुटिनले यस्तो बताएका हुन् । नेटो देशहरुले रुसलाई आणविक युद्धसम्म लगेमा त्यस्तो अवस्थामा अमेरिकाले उनीहरुले उद्दार नगर्ने पुटिनले बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले अमेरिका तथा रुसको आणविक हतियार बारेमा चाँडै जानकारी दिने प्रणाली भएको तर अरु नेटो तथा युरोपक देशको नभएको भन्दै उनीहरु आणविक युद्धको समयमा प्रतिरक्षा विहिन भएको बताए । पुटिनले रुससँग अमेरिका भन्दा धेरै र हिरोसिमा र नागासाकीमा प्रहार भएका भन्दा…
Read More
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहको दाबी

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहको दाबी

काठमाण्डौ – मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेस गर्नुभएको छ । आज बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बिभिन्न ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् । प्रदेश प्रमुखसमक्ष पेस गरिएको दाबीमा सिंहलाई एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल सङ्घीय समाजवादी पाटीका १ सहित ५५ जना सांसदको समर्थन रहेको छ । १०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ । यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख भण्डारीले आज बिहान १०…
Read More
पेदीखोला ट्रस पुल माडी १ को उद्घाटन

पेदीखोला ट्रस पुल माडी १ को उद्घाटन

घाेराही दाङ/पेदीखोला ट्रस पुल माडी १ को उद्घाटन गरिएको छ ।  माडी १ पेदीखोलामा निर्माण सम्पन्न भएको उक्त पुल माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले उद्घाटन गर्नुभएको हो । पुल संचालनमा आए संगै बर्षा  याममा नागरिकले पाउने सास्ती कम हुनेछ भने खोला तर्दा हुने मानवीय क्षति हुने त्रास भय दूर भएको स्थानीय वासी बताउँछन। पुल संचालनले स्थानीय बासिन्दामा खुसी छाएको छ । एक स्थानीय बताए ´हाम्रो पालिका सरकारको नेतृत्वले चुनावको घोषणा पत्रमा भने अनुसार नै काम गर्नुभएको छ उहाँको बोली र व्यावहार मिलेको छ यो पुलको विषय पनि मिलेको छ।` उद्घाटन समारोहमा वडा अध्यक्ष रोहित सिं घर्तिमगर, निवर्तमान वडा अध्यक्ष आम…
Read More
भारतमा भएको ग्याँस विस्पाेटमा ५ नेपालीको मृत्यु

भारतमा भएको ग्याँस विस्पाेटमा ५ नेपालीको मृत्यु

काठमाण्डौ – भारतको कर्नाटक राज्यको बेंग्लुरुमा रहेको एहलंकामा खाना पकाउने ग्याँस लिक हुँदा भएको घटनामा ज्यान गुमाउने नेपालीको सङ्ख्या ५ जना पुगेको छ । घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए । घाइतेमध्ये ३२ वर्षीय मदन बोहोराको अस्ति आइतवार राति र उहाँकी छोरी ११ वर्षीया निताको हिजो बिहान ज्यान गएको हो । त्यसअघि उहाँकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिवार बेलुका ज्यान गएको थियो । मदनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको घटना भएकै दिन अघिल्लो बुधवार ज्यान गएको थियो । घटनापछि सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो । गएको बुधवार…
Read More
हावाहुरीमा परि गोरखा र पर्सामा गरी २ जनाको मृत्यु

हावाहुरीमा परि गोरखा र पर्सामा गरी २ जनाको मृत्यु

काठमाण्डौ – हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ । हिजो बेलुका आएको हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहीदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगरको ज्यान गएकाे वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो । हावाहुरीका कारण गाेरखामा दुई दर्जनभन्दा धेरै घरका छाना उडाएको र खेतीबालीमा समेत क्षति पुगेको वडाध्यक्ष थापाले बताउनुभयो । यस्तै वर्षासँगै आएको हावाहुरीले पर्साको विन्दबासिनी गाउँपालिका–२ गर्दौलमा १ सय ७ वर्षीय वृद्ध गुदेरी साहको ज्यान गएको छ । हावाहुरीले उडाएर ल्याएको जस्तापाताले काटेर उहाँँको ज्यान गएको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो
Read More
६० किलाे सुन तस्करी प्रकरण अपडेट,थर्कमान लामा प्रकाउ

६० किलाे सुन तस्करी प्रकरण अपडेट,थर्कमान लामा प्रकाउ

काठमाडौं : ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।तेमाल गाउँपालिका घर भएका ४५ वर्षीया लामालाई केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । लामालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले पुष्टि गरेको छ । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । उनलाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो । पूर्वन्याायधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । जसक्रममा लामाको भूमिका शंकास्पद देखिएपछि लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो । राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास…
Read More
दाङमा अटो र माेटरसाइकल ठोक्किँदा माेटरसाइकल सवार दुईकाे मृत्यु

दाङमा अटो र माेटरसाइकल ठोक्किँदा माेटरसाइकल सवार दुईकाे मृत्यु

तुलसीपुर– दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन्…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search