Skip to main content

Yug Post

६० किलाे सुन तस्करी प्रकरण अपडेट,थर्कमान लामा प्रकाउ

Advertisement

काठमाडौं : ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।तेमाल गाउँपालिका घर भएका ४५ वर्षीया लामालाई केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । लामालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले पुष्टि गरेको छ ।

कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । उनलाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पूर्वन्याायधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । जसक्रममा लामाको भूमिका शंकास्पद देखिएपछि लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो ।

६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनबहादुर गुरुङ समेत संलग्न देखिएको भन्दै सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।
२१ मंसिरमा फ्लाई दुबईको विमानमार्फत ल्याइएको १४ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा गुरुङ पक्राउ परेका थिए ।

गुरुङविरुद्ध विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड रुपैयाँ बिगो र ५ वर्षको कैद सजाय माग्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका अध्यक्ष समेत रहेका गुरुङलाई ५ चैतमा १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका थिए । त्यसपछि ६० किलोभन्दा बढी सुन तस्करीमा संलग्न देखिएपछि सीआईबीले अनुसन्धान अघि बढाउँदा उनी फरार भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search