Yug Post

Breaking News 1

श्री शुक्र मा वि मा सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

श्री शुक्र मा वि मा सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

रोल्पा // टेक मगर // SEE २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेको अवसरमा श्री शुक्र माध्यमिक विद्यालय, झुम्लुङमा विशेष कार्यक्रम आयोजना गरी विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई सम्मान गरिएको छ। विद्यालयका २९ जना सहभागी विद्यार्थीमध्ये २७ जना उत्तीर्ण भई ९३.१० प्रतिशत नतिजा ल्याउन सफल भएपछि विद्यालयले सफल विद्यार्थीहरूलाई बधाई दिंदै सम्मान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विषयगत शिक्षकहरू, अभिभावक तथा SEE परीक्षामा सफल विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा स्काउट (Scout) तालिम प्राप्त विद्यार्थीहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ। त्रिवेणी गाउँपालिकामा छत्रा तर्फबाट उत्कृष्ट प्रदर्शन गरेको विद्यालयको यो उपलब्धिले सम्पूर्ण शिक्षा क्षेत्रलाई प्रेरणा दिने खालको रहेको विद्यालय प्रशासनको भनाइ…
Read More
समाजसेवी सुशील परियारद्वारा स्वर्गीय आमाको सम्झनामा अक्षकोष स्थापना , गरे सयौं वृक्षारोपण

समाजसेवी सुशील परियारद्वारा स्वर्गीय आमाको सम्झनामा अक्षकोष स्थापना , गरे सयौं वृक्षारोपण

दाङ, बंगलाचुली ३ - आफ्नो जन्मदिनको अवसर पारेर समाजसेवी तथा युवा नेता सुशील परियारले श्री आधारभूत विद्यालय, दाङ्गवाङमा अक्षकोष स्थापना गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। उनले आफ्नो स्वर्गीय ममतामयी आमा भेगी देवी परियारको सम्झनामा उक्त अक्षकोष स्थापना गरेका हुन्। अक्षकोषमार्फत विद्यालयमा अध्ययनरत अति विपन्न तथा असहाय विद्यार्थीहरूलाई चिनारी गराई प्रत्येक वर्षको विद्यालयको वार्षिक उत्सव वा सार्वजनिक कार्यक्रमहरूमा सम्मानसहित पुरस्कार प्रदान गर्ने लक्ष्य राखिएको छ। यस अवसरमा विद्यालय परिसर वरिपरि करिब सयौं वटा विभिन्न प्रजातिका बिरुवा—जसमा मसला, खयर र फलफूलका विरुवाहरू प्रमुख छन्—रोपिएको छ। समाजसेवी परियारले भने, “यी बिरुवाहरू दीर्घकालीन सोचसहित रोपिएका हुन्, जसले विद्यालयको वातावरणलाई हरियाली बनाउन मद्दत गर्छ।”…
Read More
यी बच्चा हराएकाले कसैले  देखेमा सूचना दिन अनुरोध

यी बच्चा हराएकाले कसैले देखेमा सूचना दिन अनुरोध

यी असार १४ गते देखी हराएका बच्चालाई देखे मा सूचना दिनुहोस् । पहिले त्रिवेणी गाउँपालिका रोल्पा ५ दहखोला घर भएका हाल तुल्सिपुर नयाँगाउँ निवासी दिपक केसिका छोरा १० बर्षिया जेनिस केसि आफ्नै घर आगनमा साथीहरूसँग खेलिरहेको बेला असार १४ गते दिउँसो देखी सम्पर्क बिहिन भएकाले कोहि कसैले देखेमा नजिकको प्रहरिलाई सूचना दिन केसिका आफन्तले हाम्रो तुल्सिपुर रिपोटर बालाराम डाँगीसँग बताएका छन् । केसीका आफन्तलाई ९८६५२२६४८४ र ९८४७८८४३०० सम्पर्क गरिदिन पनि आग्रह गरेका छन् । युगपोष्टको कार्यालयको ९७४५९२५४२४ मा पनि सूचना दिन सक्नुहुनेछ ।
Read More
त्रिवेणी गाउँपालिकाले ल्यायो ५८ करोड ८७ लाखको बजेट

त्रिवेणी गाउँपालिकाले ल्यायो ५८ करोड ८७ लाखको बजेट

रोल्पा, असार १४ , टेक मगर — रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५८ करोड ८७ लाख ४ हजार ६ सय ३३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष श्री कर्ण बाठाले गाउँसभा बैठकमार्फत बजेट प्रस्तुत गर्दै आर्थिक, सामाजिक, पूर्वाधार र वातावरणीय क्षेत्रको समुचित विकासलाई बजेटले समेट्ने बताएका छन्। 🔹 बजेटको स्रोत पक्ष गाउँपालिकाले आगामी वर्षका लागि १ करोड २५ लाख रुपैयाँ आन्तरिक आम्दानीबाट प्राप्त गर्ने प्रक्षेपण गरेको छ। यस्तै, संघीय र प्रदेश सरकारबाट समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानमार्फत ५३ करोडभन्दा बढी रकम प्राप्त हुने अपेक्षा गरिएको छ। यसका साथै, गैरसरकारी संस्थाहरू (डिप्रोक्स…
Read More

रोल्पाबाट दाङ जाँदै गरेको जीप दुर्घटनाग्रस्त, ६ जना घाइते

रोल्पा, असार १६--टेक मगर--रोल्पाको गंगादेव गाउँपालिकाबाट दाङको तुलसीपुरका लागि छुटेको डबल क्याप जीप दुर्घटनामा परेको छ। गंगादेव गाउँपालिका–४ स्थित बसारेबाट छुटेको रा.१ज.६३१ नम्बरको जीप त्रिवेणी गाउँपालिका–३, सुकिदहस्थित भित्री सडकखण्डमा सोमबार दिउँसो दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन्। घाइतेहरूमा गंगादेव गाउँपालिका–४ का २२ वर्षीय चन्द्रप्रकाश केसी, ३२ वर्षीय दीपक थापा, ३२ वर्षीय कमल डाँगी, २७ वर्षीय ढकाश थापा, ४३ वर्षीय विरबहादुर थापा र २७ वर्षीया अमृता थापा रहेका छन्। प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता विजय चापागाईंका अनुसार घाइते सबैको अवस्था खतरामुक्त रहेको छ। उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल,…
Read More
रोल्पाको त्रिवेणी गाउँपालिका ३ सुकिद नजिक  जिप दुर्घटना ६ घाइते

रोल्पाको त्रिवेणी गाउँपालिका ३ सुकिद नजिक जिप दुर्घटना ६ घाइते

टेक मगर ,रोल्पा - रोल्पाको त्रिवेणी गाउँपालिकामा ३ सुकिद नजिक जिप दुर्घटना भएको छ । गंगादेव गाउँपालिका वडा नं. ४ बसारे देखि तुलसीपुर जादै गरेको रा १ ज ६३१ नम्बरको डबल क्याप जिप आज दिउँसो १ बजेर ५५ मा त्रिवेणी–३ सुकिदह स्थित भित्रि सडकमा दुर्घटना भएको हो । दुर्घटनाबाट गंगादेव गाउँपालिका–४ का २२ वर्षिय प्रकाश के.सी., ३२ वर्षिय कमल डाँगी, २७ वर्षिय ढकाश थापा, ४३ वर्षिय बिर बहादुर थापा र २७ वर्ष की अमृता थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।घाइते सबैको अवस्था सामान्य रहेको छ । जिप सडकबाट २० मिटर तल खसेको थियो । घाइतेलार्ई दाङको…
Read More
रोल्पाकै एसईईमा उत्कृष्ट भयो पृथ्वी नारायण मावि  जायचौर , यस्तो थियो तयारी

रोल्पाकै एसईईमा उत्कृष्ट भयो पृथ्वी नारायण मावि जायचौर , यस्तो थियो तयारी

एसईई २०८१ को नतिजामा रोल्पाकै उत्कृष्ट पृथ्वी नारायण मावि जायचौर हुन सफल कसरी भयो। रोल्पा जिल्लाको पश्चिम भेगमा अवस्थित गंगादेव गाउँपालिका ७ जायचौरमा रहेको पृथ्बी नारायण मावि रोल्पा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । २०३८ सालमा प्रावी बाट स्थापना भएको उक्त विद्यालय २०६५ सालमा निमावी र २०७१ सालमा मावी भएको गणित शिक्षक चेतन पुनमगरले युगपोस्ट सँग बताए । उक्त विद्यालयमा २०८१ सालको एसईई परिक्षामा २४ जना छात्रा र ४४ जना छात्र गरी ६८ जना विद्यार्थी सहभागी भएका थिए । जस मध्ये एक जना बाहेक ६७ जना उतिर्ण भएका छन् । प्रतिशतमा हेर्दा ९८.५३ प्रतिशत उतिर्ण भएका छन् ।…
Read More
SEE-2081: रोल्पामा त्रिवेणी गाउँपालिका शीर्ष स्थानमा

SEE-2081: रोल्पामा त्रिवेणी गाउँपालिका शीर्ष स्थानमा

रोल्पा, २०८१ असार १४ – टेक मगर -- माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सार्वजनिक भएसँगै रोल्पा जिल्लामा साधारण धारतर्फका विद्यार्थीहरूको सफलता दर पनि सार्वजनिक भएको छ। जिल्लाका १० वटै स्थानीय तहका नतिजा विश्लेषण गर्दा त्रिवेणी गाउँपालिका सबैभन्दा अग्रस्थानमा देखिएको छ भने सुनछहरी गाउँपालिका सबैभन्दा पछाडि परेको छ। त्रिवेणी गाउँपालिकाबाट साधारण धारतर्फ ६४.४२% विद्यार्थी उत्तीर्ण भएका छन्, जुन जिल्लामै सबैभन्दा उच्च सफलता दर हो। त्यसपछि माडी गाउँपालिकाले ६२.९८% सफलता हासिल गर्दै दोस्रो स्थान हासिल गरेको छ। त्यस्तै गंगादेव गाउँपालिका (५९.९०%), थबाङ गाउँपालिका (५६.३६%) र सुनिलस्मृति गाउँपालिका (५५.१७%) ले पनि उल्लेखनीय सफलता दर हासिल गरेका छन्। रोल्पा नगरपालिकाको सफलता दर…

त्रिवेणी गाउँपालिका रोल्पाका मा.वि SEE नतिजा  सफलता दर ६६.२७%

त्रिवेणी गाउँपालिका रोल्पाका मा.वि SEE नतिजा सफलता दर ६६.२७%

रोल्पा, २०८१ असार १४--टेक मगर — रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकामा सञ्चालित विभिन्न माध्यमिक विद्यालयहरुको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सार्वजनिक भएको छ। गाउँपालिकाका १२ वटा विद्यालयमा कूल ४२१ जना विद्यार्थी परिक्षामा सहभागी भएका मध्ये २७९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यसअनुसार गाउँपालिकाको समग्र सफलता दर ६६.२७% रहेको छ। सवैभन्दा राम्रो नतिजा त्रिवेणी–७ गाङस्थित श्री विरेन्द्र माविले हासिल गरेको छ। विद्यालयबाट परिक्षामा सहभागी ४९ जना मध्ये ४६ जना उत्तीर्ण भइ ९३.८७% सफलता दर कायम गरेको छ। त्यसैगरी त्रिवेणी–२ झुम्लुङस्थित श्री शुक्र माविले २९ मध्ये २७ जना उत्तीर्ण गराउँदै ९३.१०% नतिजा ल्याएको छ। त्यस्तै, त्रिवेणी–५ जुगारको श्री जनजागृती माविले ८७.३४%…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search