Skip to main content

Yug Post

SEE-2081: रोल्पामा त्रिवेणी गाउँपालिका शीर्ष स्थानमा

Advertisement

रोल्पा, २०८१ असार १४ – टेक मगर — माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सार्वजनिक भएसँगै रोल्पा जिल्लामा साधारण धारतर्फका विद्यार्थीहरूको सफलता दर पनि सार्वजनिक भएको छ। जिल्लाका १० वटै स्थानीय तहका नतिजा विश्लेषण गर्दा त्रिवेणी गाउँपालिका सबैभन्दा अग्रस्थानमा देखिएको छ भने सुनछहरी गाउँपालिका सबैभन्दा पछाडि परेको छ।

त्रिवेणी गाउँपालिकाबाट साधारण धारतर्फ ६४.४२% विद्यार्थी उत्तीर्ण भएका छन्, जुन जिल्लामै सबैभन्दा उच्च सफलता दर हो। त्यसपछि माडी गाउँपालिकाले ६२.९८% सफलता हासिल गर्दै दोस्रो स्थान हासिल गरेको छ।

त्यस्तै गंगादेव गाउँपालिका (५९.९०%), थबाङ गाउँपालिका (५६.३६%) र सुनिलस्मृति गाउँपालिका (५५.१७%) ले पनि उल्लेखनीय सफलता दर हासिल गरेका छन्। रोल्पा नगरपालिकाको सफलता दर ५२.९२% रहेको छ।

अन्य पालिकाहरूको नतिजा हेर्दा रुन्टिगढि गाउँपालिका ४५.०८%, लुङग्री गाउँपालिका ४४.५०%, परिवर्तन गाउँपालिका ४३.३४% मा सीमित रहेका छन्। सबैभन्दा कम सफलता दर सुनछहरी गाउँपालिकाको रह्यो, जहाँ मात्र २७.०९% विद्यार्थीले सफलता प्राप्त गरेका छन्।

जिल्लास्तरीय समग्र नतिजा विश्लेषण गर्दा केही पालिकाहरूले अपेक्षाकृत राम्रो प्रदर्शन गरेका छन् भने केही पालिकामा गुणस्तरीय शिक्षाको सवालमा अझै ध्यान दिनुपर्ने देखिन्छ। शिक्षाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह तथा सम्बन्धित निकायहरूबीच समन्वय आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search