Yug Post

त्रिवेणी गाउँपालिका रोल्पाका मा.वि SEE नतिजा सफलता दर ६६.२७%

Advertisement

रोल्पा, २०८१ असार १४–टेक मगर — रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकामा सञ्चालित विभिन्न माध्यमिक विद्यालयहरुको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सार्वजनिक भएको छ। गाउँपालिकाका १२ वटा विद्यालयमा कूल ४२१ जना विद्यार्थी परिक्षामा सहभागी भएका मध्ये २७९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यसअनुसार गाउँपालिकाको समग्र सफलता दर ६६.२७% रहेको छ।

सवैभन्दा राम्रो नतिजा त्रिवेणी–७ गाङस्थित श्री विरेन्द्र माविले हासिल गरेको छ। विद्यालयबाट परिक्षामा सहभागी ४९ जना मध्ये ४६ जना उत्तीर्ण भइ ९३.८७% सफलता दर कायम गरेको छ। त्यसैगरी त्रिवेणी–२ झुम्लुङस्थित श्री शुक्र माविले २९ मध्ये २७ जना उत्तीर्ण गराउँदै ९३.१०% नतिजा ल्याएको छ।

त्यस्तै, त्रिवेणी–५ जुगारको श्री जनजागृती माविले ८७.३४% र त्रिवेणी–५ हान्जवाङको श्री सिद्धरन्न माविले ८१.२५% सफलता दरका साथ उल्लेखनीय नतिजा दिएका छन्।

उक्त परीक्षामा सबैभन्दा न्यून परिणाम भने त्रिवेणी–२ द्वारपानीस्थित श्री शिव माविको रहेको छ, जसमा ३० जना विद्यार्थी मध्ये केवल ६ जना मात्र उत्तीर्ण भइ २०% मात्र सफलता दर देखिएको छ।

यो नतिजाबाट गाउँपालिकामा शैक्षिक गुणस्तरमा असमानता देखिएको छ। अब पालिका तथा सम्बन्धित निकायहरुले कमजोर नतिजा देखाएका विद्यालयमा सुधारात्मक पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search