Skip to main content

Yug Post

समाज

मधेशमा खडेरी सांसदहरूद्वारा सरकारकाे ध्यानाकर्षण

मधेशमा खडेरी सांसदहरूद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाण्डौ – विभिन्न राजनीतिक दलका नेताहरुले मधेश प्रदेशका आठ जिल्लामा खानेपानीको खडेरी परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । एमाले मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले ४७ प्रतिशत रोपाइँ बाँकी भएको सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, धनुषा, महोत्तरी र रौतहट जिल्लामा पानीको लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । तत्काल सरकारले चुरे किनारामा ठूलो–ठूलो पोखरी, ताल बनाउनुपर्ने उहाँको भनाइ छ । जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले प्राकृतिक दोहनको कारण तराईका क्षेत्रमा खडेरी परेको उल्लेख गर्दै सरकारले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । मधेशमा ४७ प्रतिशत धान रोपाइँ भए पनि पानी नभएका कारण खेत चिरा–चिरा भएको…
Read More
आमा अब म विदेश जाने

आमा अब म विदेश जाने

काठमाडौं सपना को सहर , यहाँ धेरै सपना देखें र आउँछन् थोरै का पूरा हुन्छन्  अनि कसैका सपना सपना सपना नै हुन्छन। अक्सर सबै जना सुन्दर सपना सजाउदै बसमा आफ्ना  अनगिन्ती चित्रण काेर्दै हुन्छन् । जब बसबाट ओर्लिन्छन अनि नयाँ अध्याय सुरु हुन्छ । यो झिलिमीली  सहर मा सायद त्यो मानिस  बसमा जब गाउँ बाट  चड्छ तब- सदाको लागि एक्लो अज्ञान अन्जान अनि सदाको लागि पराई हुन्छन। जनतन १२ पास गर्याे बिदेश जाने त आजकल लहर नै भइसक्यो । अनि समाज परिवेश अनि यहाँको अवस्था लाई हेर्दा अब बिदेश नगएर हुँदैन जस्तो लाग्छ । १२  पास गरे पछी राम्रा अनि…
Read More
तिपेन्द्र बुढा मगरको पहिलो गीत ‘गाइदेउ रोधी’ सार्वजनिक

तिपेन्द्र बुढा मगरको पहिलो गीत ‘गाइदेउ रोधी’ सार्वजनिक

टेक मगर ,रोल्पा - बैशाख १९ गते, शुक्रबारको दिन झ्याउरे शैलीको नयाँ गीत "गाइदेउ रोधी" सार्वजनिक गरिएको छ। यो गीतले तिपेन्द्र बुढा मगरको पहिलो सांगीतिक प्रस्तुति हो, जसलाई BIPSAN CHITRA युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा तिपेन्द्र बुढा मगरका शब्द सिर्जना छन् भने संगीत संयोजन तथा एरेन्ज अमर रोका मगर विज्ञान ज्युले गरेका छन्। शान्ती श्री परियार र तिपेन्द्र बुढा मगरकै सशक्त आवाजमा सजिएको यो गीतमा विजय पुन, निशा मगर, शेखर घर्ती मगर र खिमा मगरको आकर्षक अभिनय देख्न सकिन्छ। गीतको निर्देशन सुमन लामा तामाङले गरेका छन्। गीत निर्माणमा मलेसियाको पेनाङस्थित हाम्रो खाजा घरका सञ्चालकद्वय बिरश पुन मगर र कान्छी…
Read More
अबोध गर्भवती भैंसीलाई किन यस्तो परिस्थिति आईलाग्यो

अबोध गर्भवती भैंसीलाई किन यस्तो परिस्थिति आईलाग्यो

शरीरको सम्पूर्ण छाला जलेको गर्भवती भैंसी हृदयविदारक सामाजिक संजालमा भाइरल छ । दुवै आँखा फुटेको छ । मुखबाट फिँज आइरहेको छ । न कराउन सक्छ, न खान न सुस्ताउन । भिडियो पोस्ट गर्दै सनम विकले लेखेका छन्, ‘उनी पनि एउटी आमा हुन् । उनको श्राप र आँशु लाग्नेछ ।’ असह्य जलन, तिर्खा, भोक र पीडा खेप्नुपर्ने बाध्यता कसरी आइलाग्यो त्यो अबोध प्राणीलाई ? त्यसमाथि गर्भावस्थामा ? घटना, बाग्लुङको तारखोला गाउँपालिकास्थित भुस्कात गाउँको हो । गएको १७ गते राति करिब साढे ११ वा १२ बजेतिर गोठमा अचानक आगो सल्कियो । गोठमा काली भैंसी र उनकै डेढ वर्षको राँगो थियो । राँगो…
Read More
कर्णाली र कृषि जनजीवन

कर्णाली र कृषि जनजीवन

नेपालको भुगोलको सबैभन्दा ठुलो (३०,२११ ) वर्ग कि.मी अर्थात( २१.६ प्रतिशत) क्षेत्रफल ओगटेको कर्णाली प्रदेश ऐतिहासिक तथा विशाल प्राकृतिक स्रोत र सुन्दरता भएको प्रदेश हो । कर्णालीमा कृषि जीविकोपार्जन र व्यवसायिक रुपमा पनि कृषि पेसामा नागरिकहरु जोडिएका छन् । एक सरकारी तथ्याङका अनुसार कर्णालीका ३० प्रतिशत नागरिक मात्रै उत्पादनबाट आत्मनिर्भर छन् । कृषि गणना २०७८ अनुसार कुल कृपक परिवारको ७० प्रतिशत घरपरिवारलाई आफ्नो उत्पादनले खान पुग्दैन। कर्णाली प्रदेशमा खेतीयोग्य जमिनको क्षेत्रफल २,९९,३३९ हेक्टर र प्रतिशतमा ९.९०८ रहेको छ । कृषि र पशुपालनको परम्परा इतिहास कालदेखि कर्णाली क्षेत्रमा चलेका विशाल खस साम्राज्य हुँदै उत्पादित वस्तुको निर्यात गर्ने र घरायसी समान खरिद…
Read More
त्रिवेणी  पूर्ण खोप पालिका घोषणा, दिगोपनाका लागि साझा प्रतिबद्धता

त्रिवेणी पूर्ण खोप पालिका घोषणा, दिगोपनाका लागि साझा प्रतिबद्धता

रोल्पा, वैशाख १२ – रोल्पा जिल्लाका १० पालिकामध्ये त्रिवेणी गाउँपालिकाले यस वर्ष पनि पूर्ण खोप पालिका घोषणा गरिएको छ। खोप सुनिश्चितता तथा दिगोपनाका लागि त्रिवेणी गाउँपालिकाले सरोकारवालाको सहभागितामा हस्ताक्षर गर्दै साझा प्रतिबद्धता जनाएको छ। त्रिवेणी गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा “पूर्ण खोप, सुरक्षित भविष्य: शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत त्रिवेणीको आधार, स्थानीय स्रोतको सदुपयोग, स्वामित्व र सहभागिता: पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। घरधुरी सर्वेक्षणका आधारमा आंशिक रूपमा खोप छुटेका चार जना बालबालिकालाई खोजी गरेर घरमै गई खोप लगाएपछि पालिकामा पूर्ण खोप सुनिश्चित भएको हो। जन्मदेखि ५९ महिनासम्मका…
Read More
दाङमा ट्याक्टरकाे ठक्करबाट १ बालिकाको मृत्यु

दाङमा ट्याक्टरकाे ठक्करबाट १ बालिकाको मृत्यु

दाङमा भएको सडक दुर्घटना सल्यानकी ९ बर्षिया बालिकाको ज्यान गएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका-९ मा ट्याक्टरले ठक्कर दिदा सल्यान छत्रेश्वरी गाउँपालिका २ गहुरेकि ९ वर्षीया दिपशिखा वलीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर-९, गौरीशंकर टोलबाट अटोभिलेजतर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्र्याक्टरले बाटो काट्दै गरेकी वलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्र्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले बताउनु भयो । तुलसीपुर आफन्तको घरमा बस्दै आएकी बालिकाको मृत्युु पछि आफन्तले सडक जाम गरेका छ्न भने पीडित पक्ष संग बार्ता बस्ने तयारी…
Read More
गायक रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक

गायक रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक

होली पर्व नजिकिँदै गर्दा गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत फागुन २२ गतेबाट युट्युबमा रिलिज गरिएको हो । गीतमा गायक रुद्रसेनले चर्चित गायिका समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने योगेश काजीको एरेञ्ज, मनोज परियारको मिक्सिङ रहेको छ । म्युजिक भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयंको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । गायक रुद्रसेनले ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै भने, "यो गीतले नेपालीहरूको होलीलाई अझै रमाइलो बनाउनेछ ।" उक्त गीतलाई…
Read More
पर्यटकीय  राेजाइ बन्दै पुरन्धारा

पर्यटकीय राेजाइ बन्दै पुरन्धारा

टंक प्रकाश के.सी / माघ २४ घाेराही, दाङ/ दाङ जिल्ला ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक रुपले सम्पन्न तथा  पहिचान भएको  जिल्ला हो। सुन्दर दुई ठुला उपत्यकाले बनेको यस जिल्ला भित्रि मधेश अर्न्तगत पर्दछ भने दाङ जिल्ला लुम्बिनी प्रदेश राजधानी समेत हो। यहाँका विभिन्न स्थानहरुमा प्राकृतिक तथा धार्मिक र विशेषगरि थारु जातिको साँस्कृतिक पहिचानहरु पर्यटकिय स्थलहरु रहेका छन। केही प्रयाप्त प्रचार र आन्तरिक व्यवस्थापन राम्रो भएकाले पर्यटक रोजाई बनिरहेका छन भने केही ओझेलमा रहेका छन । दाङ जिल्लाको पश्चिम क्षेत्रमा तुलसीपुर बजारबाट केही पश्चिम करिब ३५ कि .कि पश्चिम पुगेपछि पुगिने पुरन्धारा झरना ऐतिहासिक हापुरे बजार जो जनयुद्धको बार्ता भएको स्थान हो, हापुरेबाट…
Read More
रोल्पा त्रिवेणीमा उद्यमशीलता सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

रोल्पा त्रिवेणीमा उद्यमशीलता सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

टेक मगर ,रोल्पा - रोल्पाको त्रिवेणी गाउँपालिकामा कृषि प्राविधिक तथा पशु प्राविधिक लगायत सम्बन्धितहरुका लागि उद्यमशीलता सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज पशु प्राविधिकहरुका लागि उद्यमशिलता विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा त्रिवेणी गाउँपालिका गाउँ कार्यपालिकाका पदाधिकारी, पालिका र वडामा कार्यरत कृषि प्राविधिक तथा पशु प्राविधिकहरुको उपस्थित रहको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search