Skip to main content

Yug Post

मधेशमा खडेरी सांसदहरूद्वारा सरकारकाे ध्यानाकर्षण

Advertisement

काठमाण्डौ – विभिन्न राजनीतिक दलका नेताहरुले मधेश प्रदेशका आठ जिल्लामा खानेपानीको खडेरी परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् ।

एमाले मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले ४७ प्रतिशत रोपाइँ बाँकी भएको सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, धनुषा, महोत्तरी र रौतहट जिल्लामा पानीको लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । तत्काल सरकारले चुरे किनारामा ठूलो–ठूलो पोखरी, ताल बनाउनुपर्ने उहाँको भनाइ छ ।

जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले प्राकृतिक दोहनको कारण तराईका क्षेत्रमा खडेरी परेको उल्लेख गर्दै सरकारले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । मधेशमा ४७ प्रतिशत धान रोपाइँ भए पनि पानी नभएका कारण खेत चिरा–चिरा भएको उहाँको भनाइ छ ।

यसैबीच वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले तराई मधेशमा पानीको सङ्कट समाधानका लागि चुरे र भावर क्षेत्रमा जलस्रोत संरक्षण, जल पुनःभरण पोखरी निर्माणलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको समीक्षा कार्यक्रममा उहाँले चुरे क्षेत्रको संरक्षण र विकासबीच सन्तुलन कायम गरी पूर्वाधार विकासका काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search