टंक प्रकाश के.सी / माघ २४ घाेराही, दाङ/ दाङ जिल्ला ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक रुपले सम्पन्न तथा पहिचान भएको जिल्ला हो। सुन्दर दुई ठुला उपत्यकाले बनेको यस जिल्ला भित्रि मधेश अर्न्तगत पर्दछ भने दाङ जिल्ला लुम्बिनी प्रदेश राजधानी समेत हो। यहाँका विभिन्न स्थानहरुमा प्राकृतिक तथा धार्मिक र विशेषगरि थारु जातिको साँस्कृतिक पहिचानहरु पर्यटकिय स्थलहरु रहेका छन। केही प्रयाप्त प्रचार र आन्तरिक व्यवस्थापन राम्रो भएकाले पर्यटक रोजाई बनिरहेका छन भने केही ओझेलमा रहेका छन ।

दाङ जिल्लाको पश्चिम क्षेत्रमा तुलसीपुर बजारबाट केही पश्चिम करिब ३५ कि .कि पश्चिम पुगेपछि पुगिने पुरन्धारा झरना ऐतिहासिक हापुरे बजार जो जनयुद्धको बार्ता भएको स्थान हो, हापुरेबाट केहि पश्चिम यात्रापछि सुन्दर पुरन्धारा झरना अवस्थित छ । बबई गाउँपालिका ५ मा रहेको पुरन्धारामा आउने पर्यटकहरुको बाक्लो उपस्थित पाउन सकिन्छ । दाङ, बाँके, बर्दिया, सुर्खेत तथा भारतका विभिन्न स्थानबाट पर्यटकहरु पुरन्धारा आउने गरेको बबई गाउँपालिकाद्धारा यस स्थानमा खटाइएका सहजकर्ता कर्मचारी गेदलाल खत्री बताउछन। उनले यहाँ विशेषगरी गर्मी याममा यहाँ पर्यटक धेरै आउने पौडी खेल्ने रमाउने गर्ने गरेको पनि बताए। यस झरना पुग्न केहि मोटरबाटो पक्की निर्माण भईसकेको छ भने बन्न बाँकी पनि छ। यहाँ पुग्ने पर्यटकका निम्ति नजिकै खाजा तथा नास्ता ,खानेपानी, शौचालय, लगायतका अन्य विविध पुर्वाधार नहुदा असहज भएको स्थानीयहरु बताउछन। पार्किङका लागि भने गाउँपालिकाले व्यवस्था गरेको छ भने सो वापत मोटरसाइकलको रु ३०, अटोको रु ५०, बसको रु २०० लिने गरिएको छ।
करिब ५० मिटर माथीबाट झरेको पानिको झरना, छेउमै बहने बबई नदी, वरपर रहेको सुन्दर बनजडगल जैविक विविधता हरियाली सुन्दरतामा यहाँ पर्यटक रमाउने गरेका छन। विशेष पौडिमा रमाउनु, बनभोजको सयर विभिन्न परिकाहरुसमेत यहाँ पकाएर खाने, नाचगान गर्ने रमाने गर्दछन। विद्यार्थीहरुका निम्ति पनि शैक्षिक भ्रमणको गन्तव्य बनरिहेको छ। देश समृद्धिको महत्वपूर्ण आधार पर्यटन व्यवसाय हो यसका निम्ति पश्चिम दाङको पुरन्धारा महत्वपूर्ण गन्तव्य हो जसको थप आन्तरिक व्यवस्थापन र थप प्रचार जरूरी छ ।


