Skip to main content

Yug Post

तिपेन्द्र बुढा मगरको पहिलो गीत ‘गाइदेउ रोधी’ सार्वजनिक

Advertisement

टेक मगर ,रोल्पा – बैशाख १९ गते, शुक्रबारको दिन झ्याउरे शैलीको नयाँ गीत “गाइदेउ रोधी” सार्वजनिक गरिएको छ। यो गीतले तिपेन्द्र बुढा मगरको पहिलो सांगीतिक प्रस्तुति हो, जसलाई BIPSAN CHITRA युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा तिपेन्द्र बुढा मगरका शब्द सिर्जना छन् भने संगीत संयोजन तथा एरेन्ज अमर रोका मगर विज्ञान ज्युले गरेका छन्। शान्ती श्री परियार र तिपेन्द्र बुढा मगरकै सशक्त आवाजमा सजिएको यो गीतमा विजय पुन, निशा मगर, शेखर घर्ती मगर र खिमा मगरको आकर्षक अभिनय देख्न सकिन्छ। गीतको निर्देशन सुमन लामा तामाङले गरेका छन्।

गीत निर्माणमा मलेसियाको पेनाङस्थित हाम्रो खाजा घरका सञ्चालकद्वय बिरश पुन मगर र कान्छी गुरुङको विशेष सहयोग रहँदै आएको छ।

“गाइदेउ रोधी” गीतले नेपाली लोकसंस्कृति, रोधीघरको भावना र मौलिकतालाई उजागर गर्ने प्रयास गरेको छ। सांगीतिक यात्राको थालनी गरेका तिपेन्द्र बुढा मगरलाई यो गीतमार्फत दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search