Yug Post

आमा अब म विदेश जाने

Advertisement

काठमाडौं सपना को सहर , यहाँ धेरै सपना देखें र आउँछन् थोरै का पूरा हुन्छन्  अनि कसैका सपना सपना सपना नै हुन्छन। अक्सर सबै जना सुन्दर सपना
सजाउदै बसमा आफ्ना  अनगिन्ती चित्रण काेर्दै हुन्छन् । जब बसबाट ओर्लिन्छन अनि नयाँ अध्याय सुरु हुन्छ ।

यो झिलिमीली  सहर मा सायद त्यो मानिस  बसमा जब गाउँ बाट  चड्छ तब- सदाको लागि एक्लो अज्ञान अन्जान अनि सदाको लागि पराई हुन्छन। जनतन १२ पास गर्याे बिदेश जाने त आजकल लहर नै भइसक्यो । अनि समाज परिवेश अनि यहाँको अवस्था लाई हेर्दा अब बिदेश नगएर हुँदैन जस्तो लाग्छ । १२  पास गरे पछी राम्रा अनि अब्बल  अनि अलिकति पैसा भएका जति   अमेरिका,अष्ट्रेलिया अनि क्यानाडा युरोप लगायत  ठाउँमा जान्छन् । अनि सदाको लागि हराउँ छन् । अनि अरू श्रमिक भिजामा खाडी ,जापान या कोरिया जान्छन् आफ्नो सीप अनि लगन उतै खर्च गर्छन् । अनि
बुढेसकाल लागे पछि बल्ल फर्किन्छन् । अलि अलि यतै देशमै केही गरौं भन्ने मानिस त आजकल समाजका बोझ जस्तै हुन्छन् रे गाउँतिर अनि देशमै बस्नेको त गाउँतिर बिहे नै हुन छोडें छ ।

समाज परिवेश अनि यहाँको अवस्था लाई हेर्दा अब बिदेश नगई हुँदैन जस्तो लाग्छ ।  पढ्न मा ठिक ठिकै  थिए म त्यो बेला गाउँकै एक सामुदायिक विद्यालय बाट राम्रै अंकमा  SEE पास गरे  पढ्नको लागि  सहर आए। डिप्लोमा  अध्यन गरे समय सँगै डिप्लोमा पनि सकियो।  आमाको सपना छोरा लाई सानै देखि सरकारी जागिरे भएको हेर्ने सपना  थियो ।

त्यत्तिकैमा गाउँ गए केही समय फुर्दिलाे भए, अध्यन अगाडि बढाउन नखाेजेकाे त कहाँ हाेर । सँगैका साथीहरु सबै बिदेश पुगेर घर बनाइ ऋण तिरीसके यहीँ कुराले मस्तिष्कमा दिनदिनै  लडाइ भइरहन्छ। त्यत्तिकैमै  दिमागमा विदेशीने सोच पलायो । घर परिवारमा कुरा चलाउछ छु अनि विदेश हिड्छु साेचेर बजार तिर लागे बजार घर देखि केही परको दूरीमा थियो बिच बाटोमा त्यो दिनभर विभिन्न प्रश्नहरु उठिरहेका थिए। बजार पुगे सँगैका साथीहरू त काेही पनि थिएन केही संख्यामा वृद्ध र आफू भन्दा साना भाइहरु थिए। यतिकैमा सधैं चिया खाने पसले बाट एक कप चिया लिएर खादै थिए सँगै रहनु भएको छिमेकी दाइले माैनता ताेड्दै प्रश्न गर्नु भयो अब के गर्छस् केटा  मैले उक्त दाइकाे कुरा लाई जेनतेन टार्ने प्रयास गरे। त्यति नै बेला अर्को बाट फुत्त बोली आयो, कान्छा एक चोटि बिदेश नी हेर न । एकासी दिमागमा आएको कुरा कसैले मनकै बह बाेलिदिए जस्तो लाग्यो।
अनि मैले भने कुन देश जाने उहाँले भन्नु भयो यस्तो कुरामा तँ नै जान्ने छस् तँलाई नै थाहा होला नि भन्नु भयो। यतिकैमा साँझ पर्यो म घर फर्किए अनि बेलुका खाना खाने बेला भो त्यत्तिकै मा मेरो मुख बाट फुत्त निस्कियो “आमा  अब म  बिदेश जान्छु ”  मुखमा लिदै गरेको भात को गाँस भुइँमा  खस्यो अनि आँखा  को  आँसु निकाल्दै  “किन जानुपर्यो  नि बिदेश सरकारि जागिर खाने यहि केही गर्ने  मान्छेले कति कमाएका छन् त्यो धेरै माथि माथि को सोच्ने होइन ” आमाले भन्नुभयो , अर्कै जवाफ को आश मा बसेको म आमा बाट यो सुने पछि निःशब्द भए। काठमाडौं जाने सोच पनि हरायो । जब आमालाई सोच्दा देश मै बसाै लाग्छ साथी भाई  अनि देश को अवस्था हेर्दा बिदेश त नगई हुँदैन लाग्छ ।
आखिर सोच दुई धारा बीच अडियो अनि सधैं भरी प्रश्न गर्ने के अब ?

✍️ यस भावजन्य अनुभुतीका लेखक घनराज खड्का हुन ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search