२६ पुष २०८१ १९:०३
२६ पुष २०८१ १९:०३
टेक मगर ,रोल्पा - रोल्पाको त्रिवेणी गाँउपालिका ४ मथुरापानीमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । रोल्पाको माडी गाँउपालिका १ भिताबाङ बाट सुन्तला लिएर दाङ तुलसीपुर जादैं गरेको गाडी त्रिबेणी गाँउपालिका ४ मथुरापानी भन्नेमा दुर्घटना भएको छ । शुक्रबार दिँउसो ४ः३० बजे तिर लु १ च ८६७८ नम्बरको माल सामान ढुवानी गर्ने पिकअप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। उकालोमा व्याक भएर गाडी दुर्घटना भएको स्थानीयको भनाई छ । गाडी दुर्घटना पछि दुई जनालाई उद्धार गरेर नजिकको स्वास्थ्य केन्द्र पठाइएको भने गाडीमा च्यापिएका दुई जनालाई प्रहरी र स्थानीय बासीहरुको सहयोगमा उद्धार…