टेक मगर रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा ७ औं रास्ट्रपति रनिङ शिल्डको भयो उद्घाटन
रोल्पाको त्रिवेणी गाउँपालिका-५ जुगारमा ७ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ त्रिवेणी गाउँपालिका जुगारमा उद्घाटन गरिएको हो । रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिवेणी गाउँपालिका भित्रका १२ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेकोे थियो । प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठाले दिप प्रजनल तथा ब्यानर बाचन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वविधान, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व, जिल्ला खेलकुद विकास समितिको समन्वयमा, जन जागृती माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ जुगार रोल्पाको व्यवस्थापन तथा त्रिवेणी गाउँपालिकाको आयोजनामा सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको हो। कार्यक्रमको सभा-अध्यक्ष सामाजिक बिकास समितिका संयोजक श्री कबिराज बुढा रहनु भएको थियोे । प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठा, बिशिष्ट अतिथी सुकिदह गाउँपालिकाका अध्यक्ष श्री हरि बहादुर पुन रहनु भएको थियोे । र अन्य अतिथिहरु त्रिवेणी गाउँपालिकाका सस्थापक अध्यक्ष श्री शान्त कुमार वलि त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष श्री लेखमणी डागी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री निमराज भट्टराई कपुरकोट गाउँपालिकाका उपाध्यक्ष श्री प्रकाश भन्डारी त्रिवेणी गाउँपालिका का वडा अध्यक्ष हरू, अन्य कार्यपालिका सदस्यहरु , वडाका सदस्यहरु जनप्रतिनिधीहरु, राजनैतिक दल ,सुरक्षाकर्मी, बुद्धिजिबि, सम्पूर्ण स्कुलका विद्यार्थीहरु, शिक्षक-शिक्षिकाहरु , समाज सेवि र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियोे ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा २०८१ को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत सम्मान गरिएको थियोे । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरिएका खेलहरुको विवरण अन्तर्गत दफा ९ को उपदफा ४, दफा १२ को उपदफा ४ र दफा १४ को उपदफा ४ सँग सम्बन्धित प्रतियोगिता आयोजना गरिएको छ । राष्ट्रपती रनिङ शिल्ड २०८१/०९/२५ गते देखि शनिबार २६ गते सम्म सम्म हुने बताइएको छ। कार्यक्रम मा ६६ स्वर्ण आयोजना गरेको छ ।
कार्यक्रमको सन्चालन त्रिवेणी गाउँपालिकाका प्रशासन शाखा प्रमुख श्री प्रेम प्रकाश पुनले गर्नु भएको हो । ५ नं वडाका वडा-अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर के सि को स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको सहजीकरण कार्यक्रमकाे सभा-अध्यक्ष तथा सामाजिक बिकास सिमितिका संयोजक कबिराज बुढाले गर्नु भएको थियोे ।


