टेक मगर रोल्पा ।रोल्पा चुनढुंगा आन्दोलन यथावत नै वार्ता अनिश्चित भएको छ। आन्दोलनकर्मी भने आजदेखी अर्को चरणको आन्दोलनको तयारीमा छन् ।
खानी र स्थानीय पीडित बीच बिहिवार वार्ता गर्ने हुने बताए पनि खानीका प्रतिनिधि प्रेम पुन बिहिवार बिहानै खानी बाट बाहिए पछी बार्ता अनिश्चित भएको हो। अघिल्लो दिन साझ खानीका प्रेम पुन ले सिडिओ कार्यालयमा गएर पीडित पक्ष सँग वार्ता गर्ने बताएका थिए। तर स्थानीयले सम्बन्धित स्थानमै वार्ता गर्नुपर्छ भन्ने अडान लिँदा उनले वार्तामा बस्न अस्वीकार गरेका थिए।
इलाका प्रहरी कार्यालय होलेरीका इन्स्पेक्टर र त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सो स्थानमा पुग्दा उनी त्यहाँबाट निस्किसकेका थिए। त्रिवेणी गाउँपालिकाको जनप्रतिनिधिहरू स्थानीय र खानी बीच वार्ता गर्ने उद्देश्यले गएको थियो । दुवै पक्ष बीच बसेर छलफल गरी निष्कर्ष ल्याउने उद्देश्यले सो स्थानमा जनप्रतिनिधिहरु पुग्नुभएको थियो। प्रेम पुन निस्किन खोज्दा स्थानीय महिलाहरूले गाडी नै रोकिदिएका थिए।
उनिसँग आएका गुन्डा हरुले महिलाहरूलाई धम्काउने प्रयास गरिएको थियो तर महिलाहरूले बाटो नछोडि दिएपछि उनी फर्किएर तल्लो बाटो प्रयोग गर्दै खानीबाट निस्केका थिए।
रोल्पाको त्रिवेणी गाउँपालिका-४ स्थित राणागाउँ मा रहेको धर्म काटा मा टिप्परहरू ले काटा नगरी ९ ओटा टिप्परहरू खानी बाट निकालिएको थियो। स्थानिय सरकार र सम्बन्धित निकाय ले कत्तिको निगरानी गरेको छ या छैन भन्ने प्रश्न पनी खडा भएको छ। हिजो बिहान बाट सुरू भएको आन्दोलन शान्तिपूर्ण रहेको थियो।
बुधबार बिहान देखी स्थानियले टिप्पर रोक्ने प्रयास गरेका थिए तर साझ खाना बनाउने तयारीमा स्थानिय हुँदा खानीले टिप्पर एकाएक खानी बाट निकालेकाे हो। टिप्परहरू को तौल कहाँ र कसरी हुन्छ भन्ने प्रश्न उत्पन्न भएको छ। सम्बन्धित स्थानमा धर्म काटा हिजो नहुँदा अन्य दिनमा पनि तौल हुँदैन की भन्ने प्रश्न उत्पन्न भएको हो।
अन्य दिनमा काटा हुँदै आएको बताइएको छ तर बुधबार भने एउटा गाडी पनी काटा भएको छैन। यसको स्पष्टीकरण र छानबिन कसले? र कसरी? गर्छ भन्ने प्रश्न पनि उत्पन्न भएको छ। आन्दोलनकै दिनमा काटा नगरी गाडीहरू खानीबाट बाहिर पठाउँदा थप प्रश्न उत्पन्न भएको छ। स्थानीय सँगै स्थानीय सरकार र सम्बन्धित निकाय भन्दा माथि नै रहेर आफ्नो दम र अहमता प्रयोग गर्दै आएको पनि स्पष्ट बुझ्न सकिन्छ।
बुधबार काटा नै नगरी टिप्परहरू पठाउनु र बिहिवार जनप्रतिनिधि हरू र इन्सपेक्टरको टिम नजिकै पुग्दा उनी पाँच मिनेटको फरकमा खानिबाट निस्कनु मा खानेले जे गरेपनि हुने भन्ने स्थानीयको बुझाइ छ। किनकि स्थानीयको माग पटकपटकका आन्दोलन भएपनि माग पूरा हुन सकेको छैन बरु खानीले कहिले कहाँ कसरी समय माग्छ त्यसरी नै हालसम्म सार्दै आइएको छ खानेको भनाइ मात्र लाग्दै आएको छ। बुधबार पटकपटक सर्वदलीय वार्ता समितिले वार्ता सार्नु र अहिले स्थानीयले पटक-पटक आन्दोलन गर्नु एउटै रहेको छ।
हालसम्म खानीले मागेको समय स्थानीयले दिएका छन् तर स्थानीय ले मागेको समय खानीले दिन सकेको छैन। खानीले १० दिनभित्रैमा वार्ता गर्ने बताएको थियो। तर स्थानीयले पनि १० दिनसम्म वार्ताको लागि हुन्छ भनेका थिए तर स्थानीयले वार्ता नहुँदासम्म टिप्परहरू नचलाउन अनुरोध गरेका थिए। खनिका प्रेम पुनले खानी स्थगित गर्न नसकिने भन्दै १० दिनसम्म खानी सञ्चालन गर्ने र यद्यपि १० दिनपछि वार्ता नमिलेको खण्डमा बन्द गर्ने बताएको थियो। सो सम्झौता खानी र स्थानीय बीच नमिलेपछि आन्दोलन यथावत नै रहेको छ।
आन्दोलनकारीले आजदेखी नयाँ चरणको आन्दोलन गर्ने र सिमेन्ट उद्योगले चुल्ठो मुन्द्रेलगाएर आन्दोलन दबाउन खोजेमा नंरसमार मचिने त्यसको जिम्मा स्वयंम उद्योगले नै लिनुपर्ने एक आन्दोलन कर्मिले युगपोष्ट्सँग बताएका छन् ।


