टेक मगर रोल्पा ।रोल्पाको त्रिवेणी गाउँपालिका-३ लिङ्दुङमा ३ नं वडाले तरकारीको बिउबिजन हरू वितरण गरिएको छ।
त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमनि डाँगी र ३ नम्बर वडा कार्यालयकी वडा-अध्यक्ष तिलकुमारी ओली द्वारा वडाका किसानहरूलाई बिउभिजन वितरण गर्नुभएको छ। मन्दिर सिमी, टमाटर (हिमसोना ), खोर्सानी (नेपा हट), खुर्सानी (कर्मा), भेडे खुर्सानी (क्यालिफोर्निया), काउली (ह्वाइट कप), काउली (ह्वाइट टप), बन्दा (ग्रिन क्रोनिट) र बन्दा (नेपा ग्रिन) तरकारीको बीउहरू ३१५ घरधुरी लाई वितरण गरेको छ। वडापालिकाले ५०% अनुदानमा उक्त बिउभिजनहरू वितरण गरेको हो।
कार्यक्रममा बिउभिजन वितरणप्रति वडाबासी सकारात्मक रहेको वडाका किसानहरूले बताएका छन्। बिउभिजन जस्तै औषधिहरू, रासायनिक मल र औजारहरू उपलब्ध गराउन पनि किसानहरूले अनुरोध गरेका छन्। किसानहरूको मागप्रति सकारात्मक रहेको वडा अध्यक्ष तिलकुमारी ओलीले बताउनुभएको छ।


