Yug Post

रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई पुल निर्माणको ध्यानाकर्षण गराए

रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई  पुल निर्माणको ध्यानाकर्षण गराए

रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई पुल निर्माणको ध्यानाकर्षण गराए

रोल्पा परिवर्तन गापा अध्यक्षले मन्त्री घिसिङलाई पुल निर्माणको ध्यानाकर्षण गराएका छन् । रोल्पाको दुइखोली बागमारा चुन्बाङ सड्क अन्तर्गत पर्ने पाछाबाङ खोला सडक पुल निर्माणका लागी पहिलो चरणमा पहल स्वरुप परिवर्तन गापा अध्यक्ष सुक बहादुर बुढा मगरले आज माननीय शहरि विकास मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन् । माननीय मन्त्री ज्युले आफ्नो माग प्रति सकारात्मक भएको बताएका छन् । अर्थमन्त्रालयले देशैभरिका विभिन्न योजनाबाट वजेट कटौती गरि जेनजी आन्दोलनको कारण क्षति भएको पुनः निर्माणका लागी कटौती भएको जानकारी पाएको पनि बताएका छन् ।
Read More
पहिले फुटेका पार्टीहरुले आफ्नो फुटको औचित्य कति पुष्टि गरे अहिले फुटेकाले कति गर्लान् ?

पहिले फुटेका पार्टीहरुले आफ्नो फुटको औचित्य कति पुष्टि गरे अहिले फुटेकाले कति गर्लान् ?

दर्जनौं टुट्फुट र विभाजन हुँदै फेरि एकताबद्ध हुने फेरि विभाजन हुने गरेकै कारण नेपालको ६५ प्रतिशत कम्युनिस्ट जनमत एकैठाउँ केन्द्रित नहुदा नेपालमा कम्युनिस्ट सत्ता प्राप्त हुन सकेको छैन । यसरी टुट फुट किन हुन्छ ? बैचारिक ,राजनैतिक , कार्यदिशा र कार्यक्रममा भिन्नता भएर हो कि कार्यशैली र पद प्रतिष्ठाको कारण हो ? एकताबद्ध हुँदा के के कार्य गरे ? जेनजी बिद्रोह पछी बृहत् कम्युनिस्ट एकताको आवश्यकतामा कसले ऐतिहासिक पहल गर्न सक्छ ? विगतको टुटफुट कम्युनिस्ट पार्टी जन्मेको वर्ष दिन पछी नै शुरु भएको आन्तरिक किचलो ४ वर्ष पुग्दा स्थापक महासचिव फालेर वि स २०१० मा पार्टीको पहिलो महाधिवेशन मार्फत महासचिवमा…
Read More
भारतमा रोल्पा त्रिवेणी ह्याङका विक  हराएको सूचना

भारतमा रोल्पा त्रिवेणी ह्याङका विक हराएको सूचना

त्रिवेणी गा पा २ नुवागाउँ साविकको ६ हृयाङ निवासी ४५ वर्षीय मानधोज वि क भारतको पंचकुला गोल्डेन टुलेफ 31सेक्टर हरियाणा को होटेलमा काम गर्न भनि गएका थिए। उनी अचानक अचेतमा आए जसरी बोल्ने गरेको र उनी कात्तिक १६ गते ईन्दिया देखि गाडीमा चढेर आयको हाल तर आज तीन दिनसम्म आफन्तको सम्पर्कमा नआएकोले भेट्नु हुने वा देख्नु हुने दाजुभाइ दिदीबहिनीहरुले सम्पर्क सुकराम बि क 8146610770, भारत देखि गाडि चढेको चालक को नम्बर 9041835295 आफन्त पोकलाल बि क 9841889743 मा सूचना गर्न आफन्त पोकलाल बिकले बताएका छन् ।
Read More
चीनमा रोबोटिक उपकरणको सहयोगमा ४ हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

चीनमा रोबोटिक उपकरणको सहयोगमा ४ हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

चीनको एक मेडिकल टोलीले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभ–जी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ । उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीमा रहेको एक अस्पतालमा दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकले रोबोटको हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । माइक्रोन–स्तरको सटीकताका साथ गरिएको शल्यक्रियाले प्रविधिको लाभ उठाउँदै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरू बीचको चिकित्सा संसाधन खाडललाई कम गर्न महत्त्वपूर्ण कदम मानिएको छ । उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्य चिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा लगेर पूर्व–निर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए…
Read More
हिमपहिरोमा : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

हिमपहिरोमा : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

काठमाण्डौ – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका छन् । हिमपहिरोमा परी तीन जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् । एक विदेशी नागरिकसहित दुई जना नेपाली गाइडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । आरोहण दलमा पाँच विदेशीसहित १५ जना रहेको भनिए पनि अहिलेसम्म १२ जना मात्रै रहेको विवरण छ । सम्पर्कविहीन आरोहीको खोजीका लागि हिजो हेलिकप्टर पठाए पनि मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन नसकेको डीएसपी महतोले बताउनुभयो । केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात…
Read More
जेनजी त्रिवेणी गाउँपालिका रोल्पाले अस्थायी कर्मचारी हटाउने लगायत ७ बुदे ज्ञापन पत्र बुझायो

जेनजी त्रिवेणी गाउँपालिका रोल्पाले अस्थायी कर्मचारी हटाउने लगायत ७ बुदे ज्ञापन पत्र बुझायो

आज आइतबार जेनजी समुह त्रिवेणीका संयोजक सन्दीप विश्वकर्माको नेतृत्वमा गएको टिमले त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बाठा र प्रमुख प्रशासकिय अधिकृत चेत नारायण कडेंललाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाएको छ। पालिका भित्र भएका नितिगत लगायतका भ्रष्टाचार रोक्नुपर्ने , जेनजी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको सरकार खर्च कम गर्ने भन्दै अस्थायी ,करारमा रहेका कर्मचारी तत्काल हटाउनुपर्ने ,पालिकाले खरिद गरेका सबै सामाग्रीको भ्याट बिल सार्वजनिक गर्नुपर्ने , पालिकाबाट छुटाएको युवा लक्षित बजेट जेनजिले भने अनुसार छुट्टाउनु पर्ने लगायतका ७ बुदे माग १ महिना भित्र पुरा गर्नुपर्ने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ। यदी हाम्रो माग पूरा नभए कडा आन्दोलन गर्ने संयोजक विश्वकर्माले युगपोष्ट…
Read More
विप्लव नेतृत्वको नेकपा चिरनले चिरा पारे

विप्लव नेतृत्वको नेकपा चिरनले चिरा पारे

विप्लव नेतृत्वको नेकपा चिरनले चिरा पारेका छन्। नेता तथा जनवादी गायक चिरन पुन मिलनको नेतृत्वमा आज काठमाडौमा भेला गरी पार्टी बिभाजनको घोषणा गरेका हुन् । ७५ जना केन्द्रीय समिति रहेको उनले बताएका छन् । माओवादी केन्द्र सँग पार्टी एकता गर्नुपर्ने तर विप्लव एमाले तिर सोझिएको कारण कुरा नमिलेको हुँदा पार्टी विभाजन गर्ने!स्थिति आएको युग पोष्ट्सँग बताए। उता चिरनले पार्टी चिरेर हिडेपछी विप्लवका नेता देखी कार्यकर्ता उनलाई तुच्छ किसिमको आरोपको वाढी आएको छ। भरत बम फेस्बुकमा लेख्छन् । पार्टीबाट मिलन ( चिरन पुन ) को पलायनता बारे - शिर्षकमा लेख्छन् 1) चिरन पुन ( मिलन ) को पार्टीबाट पलायनताले पार्टी एकीकृत…
Read More
जेनजि समुह त्रीबेणी रोल्पा गठन

जेनजि समुह त्रीबेणी रोल्पा गठन

जेनजि समुह त्रीबेणी गापा रोल्पा गठन भएको छ। देश जेन्जीमय भएको अबस्थामा रोल्पाको त्रीबेणी गाउँपालिका भित्रका देश तथा बिदेशमा रहेका जेन्जीहरु मिलेर यो सहु ह गठन गरेका हुन। सन्दिप बिक को नेतृत्त्व ३८ सदसिय समुह गठन भएको छ । यस अझै जोड्दै लैजाने भनेर संयोजक बिक ले बताएका छन। कुनै पनि पार्टी विशेष समुह नरहेको र यस समुहले पालिका भित्र रहेको सबै प्रकारको बिकृती बिरुद्द लड्दै जाने संयोजक बिक ले बताएका छन।
Read More
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज, भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । महशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिनअनुसार आज दिउँसो मुख्यगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । तराईमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । साथै गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । यस्तै भोलि गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावनासँगै लुम्बिनी र कर्णालीका केही…
Read More
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी

भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी

भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण सञ्चालन गरेको छ । यसले वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने अपेक्षा रहेको दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ । क्लाउड सिडिङ भन्नाले विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा छाड्ने प्रक्रिया हो । यसबाट कृत्रिम रूपमा वर्षा हुनेछ । केही देशले यसअघि नै यस्तो प्रविधिको प्रयोग गरेपनि भारतले पहिलोपल्ट प्रयोग गरेको हो । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो । दिल्लीको उत्तरी क्षेत्र बुराडीमा सेनाले विमान प्रयोग…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search