Yug Post

हिमपहिरोमा : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

Advertisement

काठमाण्डौ – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका छन् ।

हिमपहिरोमा परी तीन जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् । एक विदेशी नागरिकसहित दुई जना नेपाली गाइडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

आरोहण दलमा पाँच विदेशीसहित १५ जना रहेको भनिए पनि अहिलेसम्म १२ जना मात्रै रहेको विवरण छ । सम्पर्कविहीन आरोहीको खोजीका लागि हिजो हेलिकप्टर पठाए पनि मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन नसकेको डीएसपी महतोले बताउनुभयो ।

केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात भएको थियो । आज मौसमको अवस्था हेरेर हेलिकोप्टर पठाउने तयारी भइहेको डिएसपी महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search