Yug Post

देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

Advertisement

काठमाण्डौ – आज, भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ ।

महशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिनअनुसार आज दिउँसो मुख्यगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । तराईमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । साथै गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

यस्तै भोलि गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावनासँगै लुम्बिनी र कर्णालीका केही ठाउँमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि बुधवार कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र यात्रा गर्दा सावधानी अपनाउन महाशाखाको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search