Yug Post

विप्लव नेतृत्वको नेकपा चिरनले चिरा पारे

Advertisement

विप्लव नेतृत्वको नेकपा चिरनले चिरा पारेका छन्।

नेता तथा जनवादी गायक चिरन पुन मिलनको नेतृत्वमा आज काठमाडौमा भेला गरी पार्टी बिभाजनको घोषणा गरेका हुन् । ७५ जना केन्द्रीय समिति रहेको उनले बताएका छन् । माओवादी केन्द्र सँग पार्टी एकता गर्नुपर्ने तर विप्लव एमाले तिर सोझिएको कारण कुरा नमिलेको हुँदा पार्टी विभाजन गर्ने!स्थिति आएको युग पोष्ट्सँग बताए।
उता चिरनले पार्टी चिरेर हिडेपछी विप्लवका नेता देखी कार्यकर्ता उनलाई तुच्छ किसिमको आरोपको वाढी आएको छ।

भरत बम फेस्बुकमा लेख्छन् ।
पार्टीबाट मिलन ( चिरन पुन ) को पलायनता बारे – शिर्षकमा लेख्छन्
1) चिरन पुन ( मिलन ) को पार्टीबाट पलायनताले पार्टी एकीकृत जनक्रान्तिको सहि बाटोमा दृढ रहेको तथ्यलाई पुष्टि गर्दछ ।
2) चिरन पुन क्रान्ति गर्न हैन क्रान्तिको फल खाने आशासहित पार्टीमा समाहित भएका थिए-जुन कुरा हुन नसकेपछि त्यसको खोजी गर्दै यथास्थितिवादको शरणमा गएका छन ।
3) 2073 को पार्टीको 8 औं महाधिवेशनदेखी नै उनको मुख्य माग पार्टीको स्थायी समिति थियो झण्डै 10 वर्ष हुँदा पनि त्यो माग पुरा हुने स्थिति नदेखेपछी उनले भाग्ने मार्गमा – `संगठनमा नमिलेको/ एमालेसीत मिल्न खोजेको´ जस्ता बहाना बनाएका छन ।
4) चिरन कुनैबेला जनयुद्धको प्रतिकार समितिको नेता थिए अहिले पार्टीले संघर्ष प्रधान कार्ययोजना अघि सारेपछी कथित एकताको नाममा कुलेलाम ठोकेका छन ।ल `

एउटै पार्टीमा हुँदा दुधले धोएको र पार्टी छोडेपछि सबैभन्दा खराब करार गर्ने प्रवृत्ति छ।

विप्लवले माओवादीसँग पार्टी एकता गर्न प्रचण्डले नेतृत्व छोड्नुपर्छ किनकि उनी प्रचण्डमा नेतृत्व लिन असफल भएका छन् भन्दै गर्दा १३ वर्ष देखी यो या त्यो बहानामा विप्लव पनी नेतृत्व मा छन् र उनी नेतृत्वमा हुँदा नै पार्टी धेरै टुक्राटुक्रा भएको छ। ओम प्रकाश पुनले ठुलो टिम लिएर बिभाजन गरे । धर्मेन्द्र बास्तोला र सुदर्शन ओलीको नेतृत्वमा ठुलो पंक्ति बिभाजन गरेर गए। जसले विप्लव पनि नेतृत्व गर्न असफल देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search