Yug Post

दाङका जुवा खेलिरहेका नाैजना पक्राउ सहित रकम बरामद

दाङका जुवा खेलिरहेका नाैजना पक्राउ सहित रकम बरामद

दाङका जुवा खेलिरहेका नाैजना पक्राउ सहित रकम बरामद

  दाङ – दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडमा मिनबहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले घर्तीसहित नरबहादुर शाही, विष्णुप्रसाद नेपाली, डिलबहादुर नेपाली,ओमबहादुर थापा, निमबहादुर भण्डारी, विश्व डाँगी, प्रकाश भुसाल र शेरबहादुर घर्तीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार जुवाको खालबाट ४६ हजार ६ सय ४५ रुपैयाँ र तीन गड्डी ताससमेत बरामद भएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
वाइसीएल नेपाल लुम्बिनी प्रदेश समिति अध्यक्षमा कृष्ण सारु मगर ,सचीवमा दल बहादुर गुरुङ विजयी

वाइसीएल नेपाल लुम्बिनी प्रदेश समिति अध्यक्षमा कृष्ण सारु मगर ,सचीवमा दल बहादुर गुरुङ विजयी

योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्षमा कृष्ण सारु र सचीबमा दलबहादुर गुरुङ विजयी भएका छन् । अध्यक्ष र सचीवमा लागी सहमति जुट्न नसके पछि YCL लुम्बिनी प्रदेशको इतिहासमा पहिलो पटक चुनाव भएको हो । जेठ २ गते साँझ आएको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार हरिश गिरि - ५९ मत लिएर दोस्रो भएका छन् भने कृष्ण सारु - १०२ बिजयी भएका छन् ।सचिब पदका लागी आएको अन्तिम परिणाम अनुसार खगेन्द्र प्रसाद लम्साल - ३१ मत प्राप्त गरेर पराजित भएका छन् भने दलबहादुर गुरुङ - १३० मत लिएर बिजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसीएल…
Read More
सयौं जनताले प्रयोग गरिरहेको चबिखोला पुलको सामान जनप्रतिनिधिले नै निकाल्न लगाएको वर्षौंदेखि अलपत्र

सयौं जनताले प्रयोग गरिरहेको चबिखोला पुलको सामान जनप्रतिनिधिले नै निकाल्न लगाएको वर्षौंदेखि अलपत्र

तत्कालीन बुढागाउँ गाबिस र हालको त्रिवेणीको ३ र ४ नम्बर वडाको निगालपानी , चक्री सिम्पानी, मथुरापानी , झेबाङ ,कोइला , लिङदुङ छापका मानिसहरु जुगारको हुदै सदरमुकाम जादा हजारौं मानिसले प्रयोग गर्न चबिखोलाको पुल झुलुङे पुल थियो । मोटरे बाटो निर्माण सँगै जबिखोलामा पक्की पुलको आवश्यकता परेपछि पक्की पुल निर्माण भयो । त्यसपछि झुलुङे पुल र पक्की पुल गरि दुईवटा पुल एकैठाउँमा भयो । स्थानीय तहको दोस्रो चुनावबाट निर्वाचित जनप्रतिनिधि आएपछि यो झुलुङे पुल माथी आँखा लाग्यो र यसलाई निकाल्ने निर्णय गर्‍यो । त्यसमा दैनिक पैदल हिडेर जनजागृती जुगार पढ्न जाने सयौं विद्यार्थी , नेर्पा स्वास्थ चौकी जुगारमा उपचार मा जाने…
Read More
वाइसीएल नेपाल लुम्बिनी प्रदेश दोस्रो सम्मेलन दाङको घोराहीमा भोलिबाट हुँदै

वाइसीएल नेपाल लुम्बिनी प्रदेश दोस्रो सम्मेलन दाङको घोराहीमा भोलिबाट हुँदै

योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन दाङको घोराहीमा हुने भएको छ। नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसीएल नेपालद्वारा आयोजित सम्मेलन जेठ एक गतेदेखि दुई दिनसम्म घोराहीमा सञ्चालन हुने छ। वाईसीएल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष मुकेश थापाको अध्यक्षता र केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज मिना चदराको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनबारे विस्तृत जानकारी दिइएको हो। पहिलो दिन घोराहीको ट्राफिक चोकबाट र्याली सुरु भई दाङ उद्योग वाणिज्य संघको सभाहलमा सभा आयोजना गरिनेछ। सम्मेलनमा प्रदेशका बाह्र वटै जिल्लाबाट दुई सय अठहत्तर जना प्रतिनिधिको सहभागिता रहने प्रदेश अध्यक्ष थापाले जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलनले एकानब्बे सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।…
Read More
काठमाडौंको मखन टोलमा  दयाराम श्रेष्ठको घरमा आगलागी

काठमाडौंको मखन टोलमा दयाराम श्रेष्ठको घरमा आगलागी

काठमाडौंको मखन टोलमा दयाराम श्रेष्ठको घरमा आगलागी भएको हो। ३१ वैशाख, काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक जनाको छ । सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको घरमा आगो लागेको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ। आगलागीमा परी एकजना महिलाको मृत्यु भएको तर उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।
Read More
वाइसीएल रोल्पाको जिल्ला सम्मेलनमा दुईको अध्यक्ष मत परिणाम बराबर आएपछि आधा आधा कार्यकाल चलाउने सहमति (पूरा विवरण सहित )

वाइसीएल रोल्पाको जिल्ला सम्मेलनमा दुईको अध्यक्ष मत परिणाम बराबर आएपछि आधा आधा कार्यकाल चलाउने सहमति (पूरा विवरण सहित )

योङ कम्युनिस्ट लिग ( YCL) नेपाल रोल्पाको ११ औं जिल्ला सम्मेलनमा दुई अध्यक्षको उम्मेदवारको बराबर मत परिणाम आएपछि आधा आधा कार्यकाल चलाउने सहमति भएको छ। उपाध्यक्ष ,सचीव, सहसचिव र कोषाध्यक्षमा सबै पदमा सर्वसहमती भयो तर अध्यक्षमा मिलन पुन मगर र दिपेन्द्र घर्ती मगर बीच सहमति नभएपछि पार्टीले चुनाव मा जाने बाटो खुल्ला गरिदियो । जिल्लाभरबाट जम्मा भएका प्रतिनिधिहरुले भोटिङ गर्दा मतपरिणाम दुबैको बराबर आयो । त्यसपछि पार्टी र दुबै अध्यक्षको उम्मेदवार बीचको सहमतिमा आधा आधा कार्यकाल चलाउने भयो । उमेरको हिसाबले सिनियर मिलन पुन मगर भएकाले पहिलो पालो उनले गर्ने छन् । त्यसपछिको समय घर्ती ले चलाउने छन् । बराबर…
Read More
YCL दाङको अध्यक्षमा इराक घर्ती सर्वसम्मत निर्वाचित

YCL दाङको अध्यक्षमा इराक घर्ती सर्वसम्मत निर्वाचित

YCL नेपाल दाङको तेस्रो जिल्ला सम्मेलनबाट इराक घर्तीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ। सम्मेलनमा नेकपा( माओवादी केन्द्र )दाङको जिल्ला ईन्चार्ज ,संयोजक र पुर्व अर्थमन्त्री धनबहादुर मास्के लगायतका नेताहरूको उपस्तिथि थियो । अध्यक्ष- इराक घर्ती ,उपाध्यक्ष - रोशन केसी,कुशलबुढा, पुनम सेन्चुरी,सचिव -विप्लव ओली ,सहसचिव- देवराज ओली, दिवस परियार,कुलबहादुर ओली, लिलाध केसी, सीता वि.क,कोषाध्यक्ष - शरद गिरी जिल्ला सदस्य-बिजय सुनार लगायतका टिम सर्वसम्मत निर्वाचित भएको छ।
Read More
रुकुम पश्चिममा स्कोरपियो दुर्घटना : श्रीमान्–श्रीमतीको मृत्यु

रुकुम पश्चिममा स्कोरपियो दुर्घटना : श्रीमान्–श्रीमतीको मृत्यु

रुकुम पश्चिम, सानीभेरी — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० तिमिलेमा स्कोरपियो दुर्घटनामा परि एक दम्पतीको मृत्यु भएको छ। कुलपूजामा सहभागी हुन गएका उनीहरू सवार गाडी आज दिउँसो दुर्घटना हुँदा श्रीमान् घटनास्थलमै र श्रीमतीको उपचारका क्रममा ज्यान गएको हो। लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको डबल क्याप स्कोरपियो दाङबाट रुकुमतर्फ आउँदै गर्दा तिमिलेमा दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए। दुर्घटनामा परी सानीभेरी–१० सार्कीमारे स्थायी घर भई हाल दाङमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो। उनकी ४४ वर्षीया श्रीमती लीला ओलीको चौरजहारी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो। गाडीमा सवार नरबहादुरकी माइली आमा र…
Read More
YCL रोल्पाको जिल्ला सम्मेलन माडिचौरमा सुरु

YCL रोल्पाको जिल्ला सम्मेलन माडिचौरमा सुरु

योङ कम्युनिस्ट लिग ( YCL) नेपाल रोल्पाको ११ औं जिल्ला सम्मेलन माडिचौरमा सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) को सहायक संगठन YCL को राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा । देश भर नै हरेक जिल्लामा सम्मेलन भैरहेका छन् । त्यसैगरी रोल्पा जिल्लाको सम्मेलन आज माडिचौरमा सुरु भएको छ। सम्मेलनबाट जिल्लाको नेतृत्व सहित जिल्ला समिति निर्वाचित हुनेछ । सम्मेलनमा पुर्व मुख्य मन्त्री जोख बहादुर महरा , पुर्व स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुन , पुर्व जिल्ला संयोजक गुनेन्द्र घर्ती , जिल्ला संयोजक रेशम पुन लगायतका अतिथिहरुको उपस्तिथि रहेको छ।
Read More
भारत र पाकिस्तान बीच हात हालाहाल भएको थियो  हामिहरुले कुरा गरेपछि रोकियो : केपी ओली

भारत र पाकिस्तान बीच हात हालाहाल भएको थियो हामिहरुले कुरा गरेपछि रोकियो : केपी ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकिएको बताएका छन्। आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद पनि दिए। उनले भने,‘झण्डै–झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो। तर त्यो हात हालाहाल बढ्न पाएनन्। संयमका लागि उहाँहरूलाई धन्यवाद छ।’  प्रधानमन्त्री ओलीले आफूहरूले सुरुदेखि हात हालाहालको स्थिति विस्तार हुन नपाओस् र लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए। उनले भने,‘उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसखस र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search