Yug Post

नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको अध्यक्षमा गणेश कुमार घर्ती चयन

Advertisement

रोल्पा, २०८२ जेठ ३ गते – टेक मगर— नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको १२ औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनको बन्दसत्र नेपाल राष्ट्रिय शिक्षक महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज लीला आचार्यको अध्यक्षतामा गठित अध्यक्ष मण्डलको बैठकले संचालन गरेको थियो।

बैठकले छलफल गरी संगठनको नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा गणेशकुमार घर्ती चयन भएका छन्। उपाध्यक्षमा लक्ष्मी डिसी (महिला) र जोकबहादुर रोका चयन भएका छन्। सचिवमा देवबहादुर सुनार, कोषाध्यक्षमा शोभा खड्का, सह-कोषाध्यक्षमा पार्वतीकुमारी घर्ती चयन भएका छन्।

पालिका प्रतिनिधि सदस्यहरूमा निम्न नामहरू चयन भएका छन्।

लिवाङ नगरपालिका: केवल प्रसाद खत्री
,लुंग्री गाउँपालिका: जुनकुमारी घर्ती
सुनछहरी गाउँपालिका: लीलबहादुर घर्ती
थवाङ गाउँपालिका: पडम बुढा मगर
परिवर्तन गाउँपालिका: कृष्णराम डाँगी
गङ्गादेव गाउँपालिका: रणबहादुर पुन
त्रिवेणी गाउँपालिका: दोर्ण भण्डारी, ईश्वरी केसी
रुन्टिगढी गाउँपालिका: विजय खड्का
सुनिल स्मृति गाउँपालिका: मनोज कुमार ओली
माडी गाउँपालिका: जुद्धबहादुर घर्ती मगर

खुला महिला सदस्यहरूमा सिवा गिरी र गीताकुमारी घर्ती चयन भएका छन्। खुला सदस्यमा रामकुमार डाँगी र जुद्ध बहादुर थापा तथा समावेशी सदस्यमा नारायण बाठा र दिपक कुमार बुढाथोकी रहेका छन्।

यसैगरी, राष्ट्रिय महाधिवेशन प्रतिनिधिका रूपमा बागबिर घर्ती, भीमबहादुर दशौदी र रोमा बुढा चयन भएका छन्। माथिका नामावलीलाई अधिवेशनको हलबाट सर्वसम्मत रूपमा पारित गरिएकाले निर्वाचन मण्डलले यसलाई अनुमोदन गरी औपचारिक घोषणा गरेको हो।

कार्यक्रमले संगठनको सुदृढीकरण र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू गर्दै अधिवेशनको सफल समापन घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search