Skip to main content

Yug Post

रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन

Advertisement

रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको
उद्घाटन भएको छ ।दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन पूर्व सभामुख कृष्णबहादुर महराले गर्नुभएको थियो।

सनस्टार युवा क्लबको आयोजनामा सदरमुकाम लिवाङ मा शनिबार सुरु भएको पहिलो खेलमा आयोजक सनस्टार युवा क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सनस्टार युवा क्लब र मधेश प्रदेश बीच भएको खेलामा २६–२४, ३१–२९ र २५–१८ को सोझो सेटमा सनस्टार युवा क्लबले मधेश प्रदेशमाथि जित निकालेको थियो ।

त्यस्तै त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बीच भएको खेल भने रोचक बनेको थियो । त्रिभुवन आर्मी क्लबलाई २३ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको कर्णालीले खेललाई निरन्तरता दिन सकेन । विभागीय आर्मी क्लबले २५–१६, २५–१७ र २५–१८ मा कर्णाली प्रदेशलाई रोक्दै त्रिभुवन आर्मी क्लब विजयी भएको हो ।

रोल्पाको सदरमुकाम लिबाङमा जारी दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र आयोजक सहित चारवटा प्रादेशिक टिम सहभागी छन् ।

फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोतिामा प्रथम हुनेले पाँच लाख राशीको पुरस्कारसहित सनस्टार कप जित्ने छन् । त्यस्तै दोस्रो हुनेले दुई लाख पचास हजार, तेस्रो हुनेले एकलाख र सान्त्वना हुने टिमले पचास हजार रुपैयाँ हात पार्ने क्लबका अध्यक्ष पूर्ण केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search