Skip to main content

Yug Post

सरकारले सामाजिक संजाल विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्दै छ :प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल विधेयक आपत्तिजनक भएको बताएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल नियमनका नाममा नागरिकको संविधानप्रदत्त अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजेको बताए । 

“अब त सामाजिक सञ्जाल विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्दै हुुनुहुन्छ, यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरू ?,” उनले प्रश्न गरे । 

प्रचण्डले सत्तारुढ नेताहरू मालिक र जनता दास हो ? भन्दै प्रश्न गरे । “संविधानभन्दा माथि हो  ? तपाईंहरू मालिक र नेपाली जनता दास हो र ? सामाजिक सञ्जाल सञ्चालन प्रयोग र नियमनका लागि भनेर संसद्मा अहिले दर्ता भएको विधेयक आपत्तिजनक छ,” उनले भने । 

प्रचण्डले विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइएको बताए । “यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइएको छ । अहिले त बोलेकै कारण नागरिकलाई जिल्ला घुमाइरहेको सरकारले यो विधेयक पारित भयो भने के गर्ला ?,” उनको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search