२४ माघ २०८१ १५:२७
२४ माघ २०८१ १५:२७
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल विधेयक आपत्तिजनक भएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल नियमनका नाममा नागरिकको संविधानप्रदत्त अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजेको बताए । “अब त सामाजिक सञ्जाल विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्दै हुुनुहुन्छ, यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरू ?,” उनले प्रश्न गरे । प्रचण्डले सत्तारुढ नेताहरू मालिक र जनता दास हो ? भन्दै प्रश्न गरे । “संविधानभन्दा माथि हो ? तपाईंहरू मालिक र नेपाली जनता दास हो र ? सामाजिक सञ्जाल सञ्चालन प्रयोग र…