Yug Post

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

Advertisement

काठमाडौँ —रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारको नाम फिर्ता लिने दिन बुधबार बिहान ९ बजेपछि माओवादी केन्द्रबाहेकका उम्मेदवारले नाम फिर्ता लिएका हुन् । यो वडामा माओवादी, एमाले-कांग्रेस गठबन्धन र एक स्वतन्त्रले मनोनयनपत्र दर्ता गराएका थिए । बुधबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने र दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने त्यसपछि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने स्थानीय तह उपनिर्वाचन कार्यतालिका थियो ।

कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले´ हाम्रो वडा हिमाली क्षेत्रको भएको र यसको विकासको निम्ति हामी सबै एकजुट हुनुपर्ने हुन्छ ।` भनेर बताएका छन् ।उनले उम्मेदवारी फिर्ता लिए पछि गठबन्धन गर्दा पार्टी नेता उम्मेदवार बने पछि चुनाव चिह्न गुमाएको बताए ।

पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा एमाले जिल्ला उपसचिव केसकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी छन् । यहाँ माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा उपाध्यक्ष उम्मेदवार छन् 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search