Yug Post

Day: ५ मंसिर २०८१ २०:४६

राेल्पामा चुनढुङ्गा उत्खननले बिद्यालयदेखि स्थानीयलाई प्रभावित

राेल्पामा चुनढुङ्गा उत्खननले बिद्यालयदेखि स्थानीयलाई प्रभावित

टेक मगर ,राेल्पा/रोल्पाको त्रिवेणी गाउँपालिका ३ मा चुनढुङ्गा उत्खनन उद्योगले विद्यालयदेखि स्थानीयलाई सम्म असर पार्दै आएको छ। खानी प्रभावित क्षेत्र नजिकै ४ वटा विद्यालय छन्। उक्त ४ वटा विद्यालयमध्ये एउटा विद्यालय प्रत्यक्ष रुपमा असर पार्दै आएको विद्यालय प्रशासनले बताएको छ। अन्य तीनवटा विद्यालयलाई ध्वनि प्रदूषण धुलोधुवा प्रदूषण आदिमा असर पार्दै आएको बताएका छन्। अहिले वर्तमान अवस्थामा अप्रत्यक्ष रुपमा असर पार्दै आए पनि भविष्यको लागि चिन्ताजनक रहेको विद्यालय प्रशासनहरुले बताएका छन्। रोल्पाको त्रिवेणी गाउँपालिकामा चुनढुङ्गा उत्खनन गर्दा स्थानीयसँगै विद्यालयलाई पनि असर गरेको छ। विशेषगरी त्रिवेणी गाउँपालिका ३ मा रहेको श्री सिद्धेश्वरी प्रा.वी राणागाउँ जङ्गडाँडामा निकै प्रभाव पार्दै आएको छ। उक्त क्षेत्रमा…
Read More
पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौँ —रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारको नाम फिर्ता लिने दिन बुधबार बिहान ९ बजेपछि माओवादी केन्द्रबाहेकका उम्मेदवारले नाम फिर्ता लिएका हुन् । यो वडामा माओवादी, एमाले-कांग्रेस गठबन्धन र एक स्वतन्त्रले मनोनयनपत्र दर्ता गराएका थिए । बुधबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने र दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने त्यसपछि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने स्थानीय तह उपनिर्वाचन कार्यतालिका थियो । कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले´ हाम्रो वडा हिमाली क्षेत्रको भएको र यसको विकासको निम्ति हामी…
Read More
दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि काठमाडौ अदालतमा पेस गरिँदैछ।

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि काठमाडौ अदालतमा पेस गरिँदैछ।

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि काठमाडौ अदालतमा पेस गरिँदैछ। विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै छ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो । सीआईबीले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्ते लगायत अन्य कसुरमा पनि अनुसन्धान हुने छ । प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१…
Read More
शान्ति सम्झौताको आज १९ बर्ष,अधुरै शान्ति प्रक्रियाका काम

शान्ति सम्झौताको आज १९ बर्ष,अधुरै शान्ति प्रक्रियाका काम

घाेराही दाङ  – विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । सम्झौताअनुसार द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search