Skip to main content

Yug Post

सुत्केरी महिलाहरूलाई घ्यू वितरण

Advertisement

२३ साउन, रोल्पा । ‘‘ मातृशिशु पोषण कार्यक्रम” अन्तर्गत लुङ्ग्री गाउँपालिका रोल्पाले सुत्केरी महिलाहरूलाई घ्यू वितरण गरेको छ।

साउन १ गतेदेखि हालसम्म सुत्केरी भएका वडा भित्रका १० जना महिलाहरूलाई बुधबार बडाचौर स्वास्थ्य चौकीमा एक कार्यक्रमको बीच स्थानीय स्तरमा उत्पादित घ्यू प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख लेपेन्द्र बुढाथोकीले जानकारी दिए । 

सुत्केरी महिलाहरूलाई प्रति व्यक्ति १ केजीका दरले घ्यू वितरण गरिएको उनले बताए । उनका अनुसार आज ५ वडामा भएको छ यो कार्यक्रम गाउँपालिकाको सम्पूर्ण वडाहरूमा सञ्चालन हुनेछ । 

स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाहरूका लागि पालिकाले आगामी दिनमा ‘पोसिलो झोला’ कार्यक्रम ल्याउन लागेको लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले बताए । उनले भने ‘ पोसिलो झोला’ कार्यक्रममा सुत्केरी महिलालाई आवश्यक पर्ने घ्यू, बेसार, आदि लगायतका वस्तुहरूको समावेश गरी वितरण गर्ने योजना रहेको छ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दीलकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जितबहादुर परियार, वडा नम्बर ५ का वडाध्यक्ष रिखबहादुर रोका लगायतको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search