Yug Post

Day: २३ श्रावण २०८१ २२:३६

सुत्केरी महिलाहरूलाई घ्यू वितरण

सुत्केरी महिलाहरूलाई घ्यू वितरण

२३ साउन, रोल्पा । ‘‘ मातृशिशु पोषण कार्यक्रम” अन्तर्गत लुङ्ग्री गाउँपालिका रोल्पाले सुत्केरी महिलाहरूलाई घ्यू वितरण गरेको छ। साउन १ गतेदेखि हालसम्म सुत्केरी भएका वडा भित्रका १० जना महिलाहरूलाई बुधबार बडाचौर स्वास्थ्य चौकीमा एक कार्यक्रमको बीच स्थानीय स्तरमा उत्पादित घ्यू प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख लेपेन्द्र बुढाथोकीले जानकारी दिए ।  सुत्केरी महिलाहरूलाई प्रति व्यक्ति १ केजीका दरले घ्यू वितरण गरिएको उनले बताए । उनका अनुसार आज ५ वडामा भएको छ यो कार्यक्रम गाउँपालिकाको सम्पूर्ण वडाहरूमा सञ्चालन हुनेछ ।  स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाहरूका लागि पालिकाले आगामी दिनमा ‘पोसिलो झोला’ कार्यक्रम ल्याउन लागेको लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले बताए । उनले भने ‘…
Read More
काभा महिला भलिबल लिगको उपाधी भारतलाई

काभा महिला भलिबल लिगको उपाधी भारतलाई

  काठमाण्डाै – नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगकाे उपाधि जितेकाे छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२३ ले जितेकाे थियाे । यस्तै दाेस्राे सेट भारतले २५–१४ ले जित्याे । यसैगरी तेस्राे सेट नेपालले २५–२२ ले जित्दा चाैथाे सेट भारतले २५–२१ ले जित्याे । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेकाे हाे । नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले भारतलाई ३–२ काे सेटमा हराउँदै ऐतिहासिक निकालेकाे थियाे । महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो…
Read More
सुर्यचाैर हेलिकप्टर दुर्घटना :सवार ५ जनाकै मृत्यु

सुर्यचाैर हेलिकप्टर दुर्घटना :सवार ५ जनाकै मृत्यु

काठमाण्डाै – नुवाकोटको शिवपुरी गाउँपालिकामा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचै जनाको ज्यान गएको पुष्टि भएको छ । दुर्घटनास्थलबाट चार जना विदेशी र एक जना पाइलटको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए । काठमाण्डौबाट रसुवाकाे स्याप्रुबेसीका लागि उडेको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उज्यालोलाई दिएको जानकारीअनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो
Read More
नुवाकोट सुर्यचाैरमा हेलिकप्टर दुर्घटना

नुवाकोट सुर्यचाैरमा हेलिकप्टर दुर्घटना

एयर डाइनेस्टीको  एन–एजेडी हेलिकप्टर दुर्घटना भएको छ । १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको हो ।गृह मन्त्रालयको कमान्ड पोस्टका प्रमुख डा.भीष्म भुसालले दिएको जानकारी अनुसार हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चार जना चाइनिज लिएर लिएर रसुवाको स्याफ्रुबेसी जाँदै गरेको अवस्थामा सूर्यचौरमा दुर्घटना भएको हो ।  हेलिकप्टमा पाइलट अरुण बल्लसहित पाँच जना सवार रहेको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
Read More
संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा सहमति

संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा सहमति

काठमाण्डाै – बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । तीन ठूला दल सम्मिलित कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रतिवेदन बुझाउनुभएको हो । कार्यदलले एक हप्ताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको विधेयकका मुख्य मुद्दामा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट लेखकसहित…
Read More
कविता : “ए मन नपरेको मान्छे “

कविता : “ए मन नपरेको मान्छे “

  तिम्रो आकृति भुल्न म अनेक प्रयास गर्छु जसले निदरीमा पनि तर्साउने गर्छ तिमी आउँदा म फिक्का रङ देख्छु जसरी पानीमा तेल तैरने गर्छ । म बिहानीको मिर्मिरे सरी उदाउदा तिमि हेमन्तको कुहिरो बनी ढाक्छौ म आमा आमा भनी रोइरहेको दुधे बालक तिमी च्याप्प समाइ पच्छार्न खोज्छौ वास्तव मै तिमी मलाई म देखी खोसिरहेछौ । तिमी मेरो दुश्मन त होइनौ तर पनि म बेहद घृणा गर्छु तिम्रा हिमाल झैँ दन्तेलहर भनी तारीफ गर्छन यहाँ म गर्जिएका सिंहका बङ्गारा सम्झन्छु तिम्रो हेराइले नै मलाई तिखो काडा जसरी घोच्छ तिमि नै भन अब म तिमिलाइ के भनेर सम्बोधन गरुँ 'मन नपरेको मान्छे'…
Read More
आज पनि घट्यो सुनको भाउ यस्तो छ दररेट

आज पनि घट्यो सुनको भाउ यस्तो छ दररेट

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो पनि सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको थियो । अस्ति सोमवार तोलाको एक लाख ५० हजार रुपैयाँ पुग्दा सुनको भाउले रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ १५ रुपैयाँले घटेर ताेलाकाे एक हजार सात सय १० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।
Read More
मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त

मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त

नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो । मोहम्मद युनुसले यो कठिन समयमा आफूलाई नेतृत्व गर्न विद्यार्थीले गरेको आग्रहलाई अस्वीकार गर्न नसक्ने भन्दै हिजो नेतृत्वमा आउन सहमति जनाइसक्नुभएको थियो । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठन गर्ने घोषणा गर्नुभएको थियो । युनुस अहिले उपचारका लागि फ्रान्समा हुनुहुन्छ । सरकार प्रमुखमा चुनिएपछि उहाँ अब स्वदेश फर्किने तयारीमा रहेको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search